सिंहदरबार आगजनी भित्रैबाट भएको नेमकिपा अध्यक्ष बिजुक्छेको आरोप

भक्तपुर ।नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारमा भएको आगजनी नेपाली सेनाबाहेक कसैले गर्न नसक्ने दाबी गरेका छन्। उनले ख्वप कलेजमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस घटनामा अमेरिका र भारतको हस्तक्षेप रहेको बताए, तर उनीहरूले नेपालीलाई प्रयोग गरेको बिजुक्छेको आरोप छ।

बिजुक्छेका अनुसार, सिंहदरबारमा बाहिरबाट आगजनी सम्भव छैन र यस घटनामा भित्रैबाट संलग्नता भएको छ। उनले भने, “हरेक सेना मर्नको लागि तयार हुन्छ, तर अहिले जे भयो त्यो नेपाली युवाहरूले नबुझेका कारण भयो। जे तिनीहरूलाई पढाइएको छ, त्यही गलत भयो।”

उनले जेन–जी आन्दोलनको नेतृत्वले संविधानको बारेमा नबुझेको र त्यसैले घटनाहरू घटेको बताए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि डरका कारण संविधान विपरीत काम गरेको उनले टिप्पणी गरे।

बिजुक्छेले युवाहरूलाई सचेत हुन र संविधानको रक्षा गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा भिडिओ मार्फत् देश र सेनामा भरोसा कायम राख्न जनतालाई सन्देश दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ