महावीर मन्त्री बन्ने पक्का

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा महावीर पुन मन्त्री बन्ने भएका छन्। मन्त्री बन्न उनी प्रधानमन्त्रीसँगको छलफलपछि तयार भएका हुन्। पुनलाई मुख्य रूपमा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ। तर हाल शिक्षा मन्त्रालय पनि विज्ञान तथा प्रविधि मन्त्रालयसँगै रहेकोले, उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी पनि दिने कि केवल विज्ञान तथा प्रविधि मात्रै दिने भन्ने निर्णय अझै फाइनल भएको छैन। मन्त्रालयको बाँडफाँडबारे चाँडै निर्णय हुने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ