ललितपुर । ललितपुर परेवा उडान क्लबद्वारा यस वर्ष आयोजित “दशैँ कप परेवा उडान प्रतियोगिता – २०८२“मा ललितपुरस्थित धापाखेल निवासी साजन महर्जन च्याम्पियन बन्न सफल भएका छन्। ललितपुरका १३ जना स्थानीय परेवापालकहरूको सहभागिता रहेको यस प्रतियोगितामा साजन महर्जनलाई पछ्याउँदै पाटन (आल्को) निवासी प्रवित बज्राचार्य र सानेपा निवासी सुजन महर्जनले पनि अन्तिम तीनमा स्थान बनाउन सफल भएका छन्।
यस क्लबले बैशाख/जेठ र दशैँको अवसर पारेर वर्षमा दुई पटक यस प्रकारको प्रतियोगिता गराउँदै आएको छ। कुनै समय राजामहाराजा/बादशाहरूको मनोरञ्जनको साधन मान्दै ‘शाही खेल’को रूपमा परिचित रहेको यो खेल हाल आएर साधारण मानिसको पहुँचमा आइपुगेको छ भने विगत केही दशकदेखि प्रतियोगिताको रूपमा सञ्चालन हुँदै आएको छ।

अन्तिम तीनमा स्थान बनाउन सफल प्रवित बज्राचार्य र सुजन महर्जन ।