काठमाडौं । कर्मथलाे छाेडेर जन्मथलो जानेकाे भीड काठमाडौंका विभिन्न चाेकमा देखिन थालेको छ । बडा दशैँको सातौँ दिन फूलपातीमा काठमाडौं उपत्यका छाड्नेहरूको भीड बढ्दै गईरहेको छ। गोंगबु बसपार्क, कलंकी, कोटेश्वर र जडिबुटी जस्ता प्रमुख नाकामा यात्रुहरूको चहलपहलसँगै सवारी साधन कुर्नेहरूको भीड देखिएको छ।