हावादारी समाचार लेखेपछि कान्तिपुरले सन्दीपसँग माग्याे माफी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो बारेमा कान्तिपुर टेलिभिजनले बिना अधार समाचार प्रकाश गरेपछि कान्तिपुरकाे खण्डन गरेका थिए । त्यसपछि कान्तिपुर टेलिभिजनले आफ्नो गल्तीलाई स्वीकार गरि फेसबुकमा पाेस्ट सेयर गरेर समाचार सच्याएकाे जनाएको छ। कान्तिपुरले यसरी आफ्नो विचार व्यक्त गरेको थियो ।

“‘हामी क्षमाप्रार्थी छौं ।’
‘वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन?’ शीर्षकमा आइतबार कान्तिपुर टिभीको वेबसाइटमा प्रकाशित समाचारको स्वतन्त्र पुष्टि हुन नसकेकोमा हामी क्षमाप्रार्थी छौं । आधिकारिक स्रोतहरुबाट प्राप्त जानकारीले समाचारमा उल्लेखित विषय पुष्टि हुन नसकेको हो। हामीले लेखेको समाचारबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं। साथै आगामी दिनमा थप सजगता अपनाउँदै तथ्यपरक समाचार लेख्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
पुष्टि हुन नसकेको समाचार हामीले हाम्रो अर्काइभमा सुरक्षित रहने गरी वेबसाइटबाट हटाएका छौं ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ