काठमाडौं । वेस्ट इण्डिजविरुद्धको दोस्रो टि२० आई खेलमा नेपालले टस जितेको छ ।
युएईको सारजहाँमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले ब्याटिङ रोजेका छन् । नेपाली टोलीमा शनिवार खेलेकामा एक खेलाडी परिवर्तन भएका छन् । पहिलो टि२० आई खेलेका नन्दन यादवको स्थानमा मोहम्मद आदिल आलमले स्थान बनाएका छन् । आदिलले करिब ३७ महिना पछि राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
तीन खेलको युनिटि कप टि२० सिरिजको पहिलो खेलमा १९ रनको जितको साथ नेपाल नेपालले सिरिजमा १-० को अग्रता बनाइसकेको छ ।
यस खेलमा जितका साथ नेपाल ऐतिहासिक रुपमा सिरिज जित्न चाहान्छ । उता, वेस्ट इण्डिजलाई सिरिज जित्ने आशा कायमै राख्न यस खेलमा जित अत्यावश्यक रहेको छ ।
नेपालको प्लेईङ-११
आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, मोहम्मद आदिल आलम, ललितनारायण राजवंशी