Nepal Viral
अक्टोबर 6, 2025

काठमाडौंबाट बाहिरिने सवारी साधनलाई यस्ता स्थानमा होल्ड गरियो

काठमाडौं । शुक्रबार साँझदेखि परिरहेका अविरल वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै देशभरका प्रमुख राजमार्गहरूमा शनिबार बिहानदेखि सवारी साधन होल्ड गर्न लागिएको छ ।

जसअनुसार काठमाडौं–नागढुङ्गा खण्डमा बिहान ७ बजेदेखि दुबै तर्फका सवारी साधन रोकिएका छन् । चन्द्रागिरिबाट नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधनलाई अर्को आदेश नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बिहान ८.३० बजेदेखि काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोक सिमानासम्मको बीपी र अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । बिपी राजमार्गको भकुण्डेबेशीतर्फ भारी वर्षा भएका कारण काठमाडौंबाट बाहिरिने सवारी साधन काभ्रेभञ्जयांग र बाहिरी जिल्लाबाट काठमाडौं आउने सवारी साधन मंगलटारमा होल्ड गरिएका छन् ।

दोलालघाटसम्म पर्ने सो खण्डमा अविरल वर्षाका कारण पहिरो र जोखिम बढेपछि दुवैतर्फी सवारी साधन अनिश्चित समयसम्मका लागि होल्ड गरिएको हो ।

सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

One thought on “काठमाडौंबाट बाहिरिने सवारी साधनलाई यस्ता स्थानमा होल्ड गरियो”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ