Nepal Viral
अक्टोबर 6, 2025

धादिङमा आमाको हत्या अभियाेगमा छोरा पक्राउ

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापा कटेरीमा आइतबार राति १० बजे ५५ वर्षीया आमा राममाया कँडेललाई खुँडा प्रहार गरी हत्या गरिएको हो। 

घटनापछि प्रहरीले उनका ३० वर्षीय छोरा यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको छ। 

राति होहल्ला भएपछि हेर्न जाँदा घरको आँगनमै राममाया टाउको छुट्टिएको अवस्थामा फेला परेको छिमेकीहरूले बताएका छन्।

आमाको हत्या गरेपछि घटनास्थलमा पुगेका छिमेकीलाई समेत उनले खुडा देखाएर धम्क्याएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले जानकारी दिए।

घटनापछि स्थानीय सल्यान्टार प्रहरी चौकी र जिल्ला प्रहरी टोली पुगेको थियो।

प्रहरी पुगेपछि घरभित्र पसेका यमबहादुरलाई नियन्त्रणमा लिइएको एसपी रिजालले बताए।

पोस्टमार्टमका लागि शव धादिङ अस्पतालमा ल्याइएको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

One thought on “धादिङमा आमाको हत्या अभियाेगमा छोरा पक्राउ”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ