अक्टोबर 7, 2025

शान्ति सैनिकको अदलीबदली : नयाँ गोरख गण दक्षिण सुडान प्रस्थान

काठमाडौँ। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानस्थित युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (UNMISS) मा खटिएका नेपाली सेनाको टोली अदलीबदली भएको छ।

शान्ति मिसनमा खटिएको श्रीनाथ गणको १४औँ डफ्फा फर्किएको छ भने गोरख गणको १५औँ डफ्फा आज कार्यक्षेत्रका लागि दक्षिण सुडान प्रस्थान गरेको छ। नयाँ टोलीमा १७५ जना शान्ति सैनिक रहेका छन्।

यसअघि कार्यरत श्रीनाथ गणका १७६ जना सैनिक सोमबार नेपाल फर्किएका थिए।

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत हाल विभिन्न देशका सेनासँग सहकार्य गर्दै १,७५७ जना नेपाली सैनिक शान्ति स्थापनामा सक्रिय रहेका छन्। रासस

One thought on “शान्ति सैनिकको अदलीबदली : नयाँ गोरख गण दक्षिण सुडान प्रस्थान”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ