Nepal Viral
अक्टोबर 12, 2025

राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छ : महेश बर्तौला


काठमाडौँ ।नेकपा एमालेका नेता महेश बर्तौलाले अहिलेका गृहमन्त्रीओमप्रकाश अर्याललाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइनुपर्ने बताएका छन्।

अहिले मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरू ह्वात्तै बढेर गएको बताउँदै उनले यस्तो माग गरेका हुन्।

‘सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरू लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी,’ बर्तौलाले सामाजिक सञ्जलामा लेखेका छन्, ‘त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरूका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रूपमा रहेका अहिलेका गृहमन्त्री लाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइनुपर्छ।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ