Nepal Viral
अक्टोबर 12, 2025

पक्राउ परेका जेनजी अगुवा निकोलस भुसाललाई सुधार केन्द्र पठाइयो

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ ।

प्रहरीले पक्राउपछि गर्ने मेडिकल रिपोर्टमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले  जानकारी दिए ।

‘उहाँको एक वर्ष अघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो । आज पनि त्यही आयो,’ उनले भने, ‘हामीले सुधार केन्द्र पठाएका छौं ।’

निकोलसलाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाइएको एसपी भट्टराईले बताए । उनीसहित प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ