Nepal Viral
अक्टोबर 12, 2025

जेनजी पुस्ताकाे प्रतिनिधित्व गर्दै चार युवा मन्त्री बन्दै : सोमबारसम्म शपथको तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ४ जना जेनजी प्रतिनिधिहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन् । नियुक्त हुन लागेका मन्त्रीहरुको आगामी सोमबारसम्म शपथ गराउने तयारी भइरहेको छ । जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

98 thoughts on “जेनजी पुस्ताकाे प्रतिनिधित्व गर्दै चार युवा मन्त्री बन्दै : सोमबारसम्म शपथको तयारी”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ