Nepal Viral
अक्टोबर 11, 2025

फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दिए एन्फालाई दनक

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत बिहीबार श्रीलंका र तुर्कमेनिस्तानबीचको खेलअघि श्रीलंकाली मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल र अफगानिस्तानको फुटबल आफ्नो निष्कासनपछि कमजोर भएको दाबी गरेका छन्।

अल्मुताइरीले मिडियाले दुवै देशमा आफूलाई निशाना बनाएर टिक्न नदिएको आरोप लगाउँदै भने, “संघसँग समस्या छ भने संघसँग लड्नुस्, तर खेलाडीलाई विवादमा नतान्नुस्।”

डेढ वर्ष नेपाली टोली सम्हालेका अल्मुताइरीले साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक नेपाललाई फाइनलमा पुर्‍याएका थिए। तर, एन्फासँगको विवादपछि उनले २०७९ मा पद छोडेका थिए।

अहिले श्रीलंकाको प्रशिक्षक रहेका उनले पछिल्ला खेलमा उल्लेखनीय नतिजा निकाल्दै तुर्कमेनिस्तान र चाइनिज ताइपेईलाई पराजित गराएका छन्। नेपाल भने उनको विदाइपछि लगातार हार बेहोर्दै आएको छ।

7 thoughts on “फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दिए एन्फालाई दनक”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ