Nepal Viral
अक्टोबर 12, 2025

प्रसिद्ध अभिनेत्री डायन किटनको ७९ वर्षको उमेरमा निधन

एजेन्सी । प्रसिद्ध अभिनेत्री डायन किटनको ७९ वर्षको उमेरमा शनिबार निधन भएको छ। उनले हलिउडमा ‘एनी हल’ र ‘द गडफादर’ जस्ता हिट फिल्महरूमा अभिनय गरेकी थिइन्।

उनको मृत्युको खबर सर्वप्रथम पीपल म्यागजिन ले सार्वजनिक गरेको थियो। पछि उनकी छोरी डेक्स्टर किटन ह्वाइटले पनि उक्त खबरको पुष्टि गरिन्। परिवारले मिडिया र प्रशंसकहरूलाई गोपनीयता कायम राख्न अनुरोध गरेको छ।

किटनको निधन क्यालिफोर्नियामा भएको हो। उनको मृत्युको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन। शनिबार बिहान स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो। बिहान करिब ८ बजेर ८ मिनेटमा एम्बुलेन्स उनको घरमा पुगेको थियो। अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

जानकारी अनुसार किटन केही महिनादेखि बिरामी थिइन्। उनी परिवारसँगै बस्दै आएकी थिइन् र साथीहरूबाट टाढा भएकी थिइन्। उनले आफ्नो स्वास्थ्यबारे खुलेर बोलेकी थिइन्। उनी इटिङ डिसअर्डर सम्बन्धी रोगबाट पीडित थिइन्, जसमा मानिसले आफ्नो खानपानमाथि नियन्त्रण गर्न सक्दैन।

डायन किटनले सन् १९६८ मा वुडी एलनको नाटक “प्ले इट अगेन, स्याम” बाट पहिचान प्राप्त गरेकी थिइन्। ‘द गडफादर’ र ‘एनी हल’ बाहेक उनले ‘म्यानहटन’, ‘द फर्स्ट वाइव्स क्लब’, ‘बुक क्लब फ्रेन्चाइज’, ‘फादर अफ द ब्राइड’ र ‘समथिङ्स गट्टा गिभ’ जस्ता फिल्महरूमा पनि काम गरेकी थिइन्।

‘एनी हल’ का लागि उनलाई सर्वश्रेष्ठ अभिनेत्रीको अस्कर अवार्ड प्राप्त भएको थियो। यसबाहेक, उनी तीन पटकसम्म अस्करको लागि नोमिनेट भएकी थिइन्।

किटनले कहिल्यै विवाह गरेकी थिइनन्, तर वुडी एलन, वारेन बेट्टी र अल पचिनोसँग उनको सम्बन्धबारे चर्चा रहँदै आएको थियो। उनले एकपटक भनेकी थिइन्, “म विवाहका लागि बनेकी नै थिइनँ। मलाई बच्चा चाहिएको थियो, पति होइन।”

उनीहरूले दुई बच्चाछोरी डेक्स्टर र छोरा ड्युकलाई दत्तक लिएकी थिइन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ