काठमाडौं । सामाजिक सञ्जालमा जथाभावी सामाग्री उत्पादन बढेसँगै चीनले आफ्ना कन्टेन्ट क्रिएटर तथा इन्फुलुन्सरलाई नियमन राख्नकाे लागि नयाँ मापदण्ड बनाएको छ । जसअनुसार चिकित्सा , कानुन , शिक्षा , वित्त जस्ता विषयमा कुनै सामाग्री निर्माण गर्नुअघि कन्टेन्ट क्रिएटरले निश्चित शैक्षिक याेग्यता हासिल गर्नुपर्ने जनाएको छ । कुनैपनि सामाग्री निर्माण गर्नकाे लागि उक्त विद्यामा ज्ञान तथा शैक्षिक याेग्यता अनिवार्यरुपमा हुनुपर्ने छ । चीन सरकारका अनुसार भ्रामक सूचनामाथि नियन्त्रण गर्नकाे लागि याे कदम अगाडि सारेको कुरा सार्वजनिक गरेको छ ।

