नमस्कार ,
तपाईंको एक शुभचिन्तक भएको नाताले सर्वप्रथम कुशलताकाे कामना गर्छु । प्रगति सम्वृद्वि दिर्घायुको कामना पनि चाहान्छु । तपाईंको र मेरो भेटघाट भएको पनि छैन । चिनजानकाे सवालमा तपाईंसँग मेरो चिनाइ उहीँ “राजा चिनाइ” हाे । हामीले चिन्ने तपाईंले नचिन्ने । स्वभाविक पनि हाे , तपाईं राजा हुनुहुन्थ्यो । तपाईंलाई सबैले चिन्नु आम कुरा हाे ।
माथिको शिर्षक पढ्दा तपाईंलाई अचम्म लाग्ला , याे लेख्ने काे हाे ? यसको घर कहाँ हाे ? यसको नाता मसँग के छ ? याे चिठीकाे खास उदेश्य के हाे? जस्ता विविध प्रश्न ,जिज्ञासा उत्पन्न हुनसक्छन् ! सुरुमा यी प्रश्न, जिज्ञासाको समाधान गर्ने प्रयत्न गर्छु । त्यसपछि अन्य विषयमा प्रवेश गराैंला। नाम मेरो मिमबहादुर परियार , घर जुम्ला , हाल काठमाडौंमा मजदुरी गर्छु । नाताकाे सवालमा उहीँ राष्ट्रियताकाे आधारमा तपाईं र म दाजुभाइ हुन्छौं । कथित जातकाे आधारमा तपाईंका पुर्वजले शाह र परियारलाई नमिल्ने बनाए । चिठीकाे खास उदेश्य पछि आउने अनुच्छेदले प्रकाश पार्ने छन् ।
सुरुवात मै उल्लेख गरेको छु , शुभचिन्तक भनेर । एक शुभचिन्तकले सदैब भलाे चाहान्छ। म पनि तपाईंको भलाे चाहान्छु । मलाई लाग्छ , तपाईं राजा हुनुभएका मध्ये सबैभन्दा भाग्यमानी व्यक्ति हुनुहुन्छ । हाँसीखुसी बसिरहनु भएको छ । तपाईंका पार्टीका केही दृश्यले त्यसको पुष्टि गरेको छ । हामी नेपाली जनता चाहान्छाैं तपाईंको जीवन सुखमय रहाेस् । तपाईंको व्यापार अपार रहाेस् । देशका कुनाकुनामा ज्ञानेन्द्र शाहका उद्योग कलकारखाना हुन् । हजारौं जनताले राेजगारी प्राप्त गरुन् । राज्यले अर्बौं राजस्व तपाईंका व्यापारिक संस्थाबाट संकलन गराेस् । तर पछिल्लो समय केही समूह व्यक्तिले तपाईंलाई पुन: उचालेकाे देख्दा , “राजा आउ देश बचाउ ” जय देश जय नरेश” का नारा सुन्दा अलिक नमिठाे महसुस गरेको छ । तपाईंलाई केही स्वार्थी झुण्डले तपाईंको धन मास्ने , उकास्ने र भ्रामक सपना देखाउने चेष्टा गरेको छ ।
एक हिसाबले तपाईं जुकाबाट घेरिनु भएको छ जस्तो लाग्छ । जसको उदेश्य विशुद्ध दिनु भन्दा लिनु मात्रै देखिन्छ । हाे तपाईंका वरिपरि भएका व्यक्तिले तपाईं लगायतका अरु राजा भएकाको जयजयकार गरेर नै आफ्नो दुनु साेजाए । ती व्यक्तिहरुले हजुर जिउजिउ गरेकै आधारमा गाउँ बस्तीमा दादागिरी चल्थ्याे । प्रशासनलाई धम्क्याउने गर्थे । उनीहरू पुनः त्यस्तै चाहान्छन् । उता तपाईंलाई पनि गजब थियो । माेज मस्ति सबै थियो। सर्वशक्तिमान हुनुहुन्थ्यो । देशको संविधान भन्दा माथि । तर जनताकाे अवस्था बारे अज्ञात हुनुहुन्थ्यो । जाजरकोटमा जीवनजल नपाएर नागरिक मर्दा , कर्नालीका जनताकाे भाेककाे चीत्कार, दलित, मधेसीमाथिको दमन , महिला अधिकारका सवालमा तपाईंको चेत कहाँ थियो ?
यथार्थ के थियो हाे भने तपाईंलाई जनताको कुनै मतलब थिएन । हकअधिकार , विकास , सुशासनसँग तपाईंको एकरत्ति ज्ञान थिएन । पाेखरा काठमाडौंको विलासितामा हुर्केको तपाईंलाई जुम्ला उहीँ तपाईंहरुले शासन गर्दा ताकाकाे दरबारकाे कुनै एक काेठाकाे नाम हाे भन्ने थाहा थियो हाेला । राणा , काजी , पण्डितले घेरिने तपाईंलाई दलितको पीडाको आभास कहाँ हुन्थ्यो हाेला । कन्टिनेन्टल खाना खाने तपाईंलाई कर्नालीकाे भाेककाे मर्म के थाहा हुन्थ्यो । तराईका बस्तीका दुख , देशभित्रै अनागरिक भएकाका धर्तीपुत्रकाे के चिन्ता लाग्थ्यो हाेला । यी यावत कारणले तपाईं असफल हुनुहुन्थ्यो । तपाईंको बहिर्गमन निश्चित थियो ।
हिजोआज पुन: तपाईं नजिकका चुका सलबलाउन थालेका छन् । तपाईंलाई फेरि मजाककाे पात्र बनाउँदै छन् । स्मरण रहाेस् , बगेको खाेलाे फर्किएको इतिहास छैन । मरेको मानिस जीवित भएको तथ्य छँदैछैन । खाेलाे फर्कनु , मुर्दा जीवित हुनु र राजसंस्था नेपालमा पर्खनु उस्ताउस्तै हाे । त्यसकारण तपाईं अब सजग हुनुपर्छ । राजाको भ्रम पुरै मस्तिष्कबाट त्याग्नुपर्छ । बरु भएको सम्पुर्ण समय व्यापार , परिवारलाई दिनुहोस् । फलिफाप हुनेछ, सम्बन्ध समधुर हुनेछ । मन छ भने तपाईंको धनकाे सानाे अंश दान दिनुहाेस् । अस्पताल , विद्यालय बनाउनुस् । म भन्छु , मन्दिर र जुका पाल्नु छाेड्नुहाेस् । यी त फागत सितका थाेपा हुन् । एक ठाउँमा कहिल्यै टिक्दैनन् ।
अन्तिममा , नेपाली जनतालाई जनताको शासन चाहिएको छ । भलै अहिलेकाे व्यवस्थामा केही समस्या देखिएका छन् । ती समस्या हामी सबैले चेतना र चेतावनीमार्फत सुधार्नुकाे विकल्प छैन । त्यसअर्थ लाेकतन्त्र , गणतन्त्रकाे विकल्प लाेकतन्त्र गणतन्त्र नै हाे । जातवादी , धर्मवादी , लिङ्गवादी , परिवारवादी संस्था नेपाली जनताको हुनै सक्दैन ।
धन्यवाद !