मिम बहादुर परियार

विद्यालय तहका पाठ्यपुस्तकमा “धन ठूलो कि मन ठुलो” विषय उपरका वादविवाद तथा लेखन  प्रतियोगितामा प्रत्येक विद्यार्थीले कहिनकतै अवस्य सहभागिता जनाएका थिए । परिक्षामा साेधिने धन ठूलो कि मन , कलम ठूलो कि तरबार ” प्रश्नमा लामा उत्तर अवस्य लेखेको हुनुपर्छ । कक्षामा हामीले धनभन्दा मनलाई ठूलै स्थान दियौं हाेला । शिक्षक शिक्षिकाले मन र कलमलाई बढी टेवा पुर्‍याउने तर्कहरु दिनुभयो हाेला । विडम्बना वर्तमानमा हाम्रो भाेगाइ र सिकाइमा गुरुहरुले सिकाए जस्तो भाव देखिएको छैन ।  हाम्रो धनप्रतिकाे भाष्य   हामीले जे पढ्याैं लेख्याैं त्याेभन्दा ठ्याक्कै विपरीत देखिन्छ । अझ भन्नुपर्दा आम मानिसको धनप्रति पुरातनवादी बुझाइ मस्तिष्कमा जब्बर तरिकाले गाडिएर बसेको छ ।  वर्तमान अवस्था र आस्था अलि फरक रहेको छ । धेरै मानिस धनका दास भएका छन् । कलम र मनप्रति रुखा भएका छन् ।

केही समयअघि एकजना मित्रले उनको आफन्तसँग परिचय गराउनुभयाे । परिचय पश्चात् उनका आफन्त एकछिन कतै अल्मलिए । त्यहीँ अल्मलिएकाे क्रममा मेरो मित्रले , उनको धन सम्पत्ति बारे बेलिबिस्तार लगाए । दुईचार वटा घर , गाडी , घडेरी लगायतका भाैतिकवादी बस्तुसँगै उनको परिचय दिए । मैले उनी बारे खासै जानकारी लिन चाहेको थिइन । उनी काे हुन् , के गर्छन् , त्यसमा खासै रुचि राखेकाे पनि थिइन । उनका भाैतिक विलासी बस्तुले अन्यलाई केही आवस्यक हुँदैन पनि । उनको व्यक्तिगत धन सम्पत्ति उनलाई काम लाग्ने हाे । तर मेरो मित्रले उनको धन सम्पत्तिको यसरी वर्णनन् गरेकी , मानाै उक्त व्यक्तिको  सम्पत्तिले उनलाई ठूलै राहत मिलेको छ भन्ने भान हुन्थ्यो ।

वास्तवमा ,माथि उल्लेख गरिएका मित्र एक प्रतिनिधि पात्रमात्र हुन् । दक्षिणी एसियाली समाजमा मान्छेको ज्ञान ,आचरण , व्यवहार , संस्कार , सभ्यताभन्दा धन सम्पत्तिले ठूलो प्रभाव पारेको हुन्छ । फलानोकाे बजारमा तीनवटा घर छ, पैसा त कति हाे कति छ , यी वाक्य हाम्रा समाजमा धेरै सुनिन्छन् । भन्ने र सुन्ने धेरै  मानिसलाई यी वाक्य धेरै प्रिय लाग्ने गरेको छ ।  विडम्बना हाम्रो समाजमा , नैतिकता कुरा , ज्ञानका कुरा , सदाचार र विचारका कुराले खासै महत्त्व राखेको देखिँदैन । आजसम्म कति आफन्तले उसका निकटतमकाे ज्ञान र विचार बारे चर्चा गरे हाेलान् ? कतिले उसका समालोचनात्मक चिन्तनसँगै परिचय गराए हाेलान् ? सायदै छैनन् हाेला , यदि काेहि भए पनि एकदम कम हाेलान् । तर धन सम्पत्ति र शक्तिलाई मान्यता दिने व्यक्ति समाजमा व्याप्त छन् । विना काम र कारण अरुको धनबारे चर्चा गर्ने धेरै छन् ।

पुजीवादी समाजमा धनकाे चर्चा गर्नु नयाँ हाेइन । धन आवस्यक छ ।  गार्‍हो अफ्ट्यारोमा चाहिने आवस्यक साधनमध्ये धन पनि एक हाे । यसको मतलब याे हाेइनकी व्यक्तिकाे परिचय उसको धनबाट गर्नुपर्छ । अझ अर्को राेचक पक्ष के छ भने हाम्रो समाजमा मानिसका  कयौं कमजोरी अपराधलाई ढाकछोप धनमार्फत गरिने भाष्य पुरानै परम्परा जस्तै हाे ।  जुन भाष्य र अभ्यास  एकदम गलत छ । स्वार्थ र पुँजीवादले भरिएको छ । पुँजीवादकाे जस सार उदेश्य भनेको खरिद गर्ने , चाहे त्यो मान्छेको बिचार हाेस् या साथ । पुँजीवादकाे अर्को नियत भनेको कसरी हुन्छ आफूलाई  ठूलो बनाउने नै हाे । कमजोरलाई प्रभावमा पार्नु नै हाे । नेपाली समाजमा मान्छे धनकाे आधारमा ठूला राम्रा धेरै कहलिएका  छन् ।

धन सम्पत्ति आर्जन गर्नु नराम्रो हाेइन । तर आर्जन गर्याे कसरी ?  हाम्रो समाजमा  व्यक्तिले कसरी त्यत्रो सम्पत्ति आर्जन गर्याे , रातारात कसरी ऊ राेडपतिबाट धनपति भयो , त्यसमा कसैको चासो रहँदैन । आम व्यक्तिलाई “thinking out of the box ” अवधारणाले केही प्रभाव पारेकाे छैन पनि । आम मानिसलाई  सिधै प्रतिफलसँग सम्बन्ध रहेको देखिन्छ । वर्तमानमा ऊ सँग के छ , त्यसै कुराले धेरै महत्त्व राख्ने गरेको आभास हुन्छ । मान्छेलाई ती धनाड्यले चाेरी गरेर कमाए कि ? भ्रष्टाचार गरेर कुम्लाए कि ? अत्याचार गरेर जाेडे कि ? यसमा कसैलाई केही मतलब हुँदैन । मान्छेलाई उसको आजको सम्पत्तिनै प्रमुख उपलब्धि र उत्तर भएको देखिन्छ  ।

नेपाली समाजमा धन सम्पत्तिले मान्छेका  कयौं कमजोरी , अपराध ढाकछोप गरेकाे देखिन्छ । भ्रष्टाचारी , कालो बजारी शानका साथ विना कुनै संकाेच सार्वजनिक पदमा बसेका हुन्छन् । तिनको अपराध कुकर्म धनले ढाक्न सक्षम भएको छ । समाजमा त्यस्ता अकुत सम्पत्ति भएका धेरै मान्छे छन् । कालाे धन भएका कयौं  छन् । उनीहरू प्रगतिशीलकाे नजरमा  नैतिकरुपले पत्तित हाेलान् , हिंस्रक अभद्र हाेलान् तर बहुमत समाजले यी यावत असमाजिक अनैतिक पक्ष देख्दैन । आम मानिसले उसलाई उसको सम्पत्तिकै कारणले सहर्ष स्विकारेकाे देखिन्छ । अझ सम्मान गरेको देखिन्छ । उसको परिचयसँगै उसका भाैतिक बस्तुहरु जस्तै घर गाडी धन सम्पत्ति जाेडिएका हुन्छन् । ताकि उक्त व्यक्ति धेरै धनी छ, ऊ सँग सबै थाेक छ, उसलाई धनी भएकै आधारमा समाजले सम्मान गर्छ भनेर देखाउन खाेजिएकाे हुन्छ  । समग्रमा  उसको धनले उसका काला गतिविधि ढाक्न सफल भएको छ । त्यसको एक ज्वलन्त उदाहरण मिटर व्याजी हुन् ।

एउटा तिताे सत्य के हाे भने , मान्छेलाई धनले क्षणिक सम्मान दिलाउँला । हाम्रै समाजका केही धनभक्तले केही समय भक्ति भजन गाउलान् । तर उसको असली परिचयले इतिहासका पानामा स्थान पाउँदैन । ऊ सँग धन भएकै आधारमा उसको चर्चा हुँदैन । आज गुरु प्रसाद मैनाली , विलियम सेक्सपियर , निउटन , राइट दाजुभाइ , मदर टेरेसा, दयाविर कंसाकारकाे चर्चा किन हुन्छ ? किन उनीहरूका समकालीन धनाड्य घुमनान छन् ? त्यसताका धनाड्यसँग धेरै धन सम्पत्ति थियो हाेला , शक्ति थियो हाेला । किन इतिहासमा उनीहरूकाे नाम छैन । किन दयाविर ,टेरेसा , निउटनकाे आजसम्म चर्चा हुन्छ ? इतिहासमा नाम दर्ता  हुन , अमर हुन धनकाे भूमिका हुँदैहुँदैन । अमर हुन , सधैं जिवित हुन् , काम , आचरण, सेवा भाव , र समाजप्रति देन हुनुपर्छ । अनिमात्र व्यक्तिको चर्चा हुन्छ ।

धन सम्पत्ति समयक्रमसँगै घट्ने बढ्ने भइरहन्छ । हिजो अनिल अम्बानीकाे अवस्था के थियो । २०१२ तिर उनी एसियाका धनी व्यक्तिको सूचिमा थिए । आजको कथा अर्कै छ । हिजोका कयौं करोडपति आज राेडपतिकाे अवस्थामा छन् । हिजोका महलमा बस्नेहरु आज सडक किनारमा बास भएको कयौं उदाहरण हाम्रै अगाडि  छन् । आजका गरिब भाेलिका धनी नहाेलान् भन्न सकिन्न । समय परिवर्तनशील छ । तर बहुमत मानिसलाई प्रस्तुत गरिएका तर्कसँग कुनै लिनुदिनु छैन । आधुनिक  मानिसहरु धनप्रति यति लिप्त छन् । धननै सर्वथाेक हाे भन्ने चिन्तनमा छन् । पुँजीवादी  मानिसलाई याे थाहा छैन कि साथ विना धनकाे केहि काम हुँदैन । व्यक्ति अर्वपति छ तर ऊ बिरामी भएको बखत उठाउने मान्छे छैन भने त्यो अर्ब के काम । घर गाडी विलासी बस्तुले भावना त दिँदैन । पीडा र अभावको आँसुलाई धनले कदापि पुछ्दैन र सक्दैन पनि ।

अन्त्यमा ,आजकाे पुँजीवादी युगमा , मानिसको मस्तिष्कमा धनलाई सर्वथाेक मान्ने जुन बुझाइ छ , त्यो विशुद्ध  दास मानसिकताको उपहज हाे । मानिसको परिचय उसको धन सम्पत्ति गर्नुनै बस्तुवादी र लालची प्रवृत्ति हाे । संसारमा कसका विचारहरु पढिन्छ । माक्र्स धनी थिए कि ज्ञानी थिए ? लियाेनार्दाेदार्भिन्सि धनी थिए कि कलाकार थिए ? सुकरात धनी थिए ? देवकोटा धनाड्य थिए ? निश्चितरूपमा थिएनन् । आज धन अमर छ कि ज्ञान र सीप । त्यो बुझ्न देवकोटा , दाभिन्सी र माक्र्सकाे कार्य र आज हुने चर्चाले उत्तर दिएको छ ।  त्यसकारण धनलाई व्यक्तिको परिचयसँग जाेड्ने परिपाटी त्याग्न अत्यावश्यक देखिन्छ । अन्यथा दाेसी चस्माकाे पिडाले मानिसलाई दास बनाउनेमा कुनै दुइमत छैन  ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ