स्वास्थ्य बीमा विवादमा संसद्मा राजीनामा मागेपछि मन्त्री पौडेलले भने ‘हटाउने होइन, व्यवस्थित गर्ने हो’

काठमाडौँ : स्वास्थ्य बीमाको पैसा सरकारले भुक्तानी दिन नसक्ने अवस्थामा पुगेको र भुक्तानी नदिएपछि स्वतः बीमा बन्द हुने अभिव्यक्ति दिएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बीमा बन्द नगरी सुधार गर्ने तयारी भइरहेको दाबी गरे।

संसद्मा सांसदहरूले उनको आलोचना गर्दै राजीनामा मागिएपछि बुधवार संसद् भवनबाट बाहिरिँदै उनले बीमामा देखिएका विकृति हटाउने गरी काम भइरहेको दाबी गरे।
स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको उनको दाबी थियो।

स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भइरहेको उनको दाबी थियो।

केही दिनअघि औषधी व्यवसायीहरूको कार्यक्रममा उनले सरकारले स्वास्थ्य बीमाको रकम भुक्तानी गर्न सक्ने अवस्था नभएको र अब भुक्तानी दिन पनि नसक्ने भन्दै बीमाको रकम भुक्तानी नै नभएपछि आफैँ बन्द हुने बताएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ