मिम बहादुर परियार
पङ्क्तिकार चिया पसलमा चिया पिउँदै थिएँ । पसलमा साहुजी साहुनी नातागोतामा छलफल गर्दै थिएँ । साहुनी साहुजीलाई बाबा , फलानाेकाे छाेरा मेरो नातामा के पर्नुहुन्छ भनेर नाता थाहा पाउन खाेज्दै हुनुहुन्थ्यो । साहुजी साहुनीलाई मामु किन अचानक याे नातागोता साेधेकाे भनिरहेका थिएँ। एकछिन उहाँहरु नातागोता खाेजि गर्नुभयो । साहुजीले साहुनीलाई मामु ऊ तिम्रो नातामा भतिजो पर्छ भन्नुभयो । यहाँ साउजीले आफ्नो श्रीमतीलाई मामु भनेर सम्बाेधन गरिरहेका थिएँ । केही समयपछि एउटा बालक सायद उहाँको सन्तान हुनुपर्छ मामु भाेलि हाम्रो स्कुलमा रिजल्ट छ तपाईं आउनुपर्छ रे भने । उहाँहरूको नाता , एकले अर्कालाई गरेको सम्बाेधन सुन्दा देख्दा नयाँ आगन्तुकलाई अवश्य अचम्म लाग्नसक्छ । बाउ र छाेराकाे नाता सम्बन्ध ती महिलासँग फरक छ । बाउकाे नातामा ती महिला श्रीमती हुन् । छाेराकाे नातामा आमा तर भन्ने बेला दुबैले एकै नाता मामु प्रयोग गरिरहेका थिएँ । नेपाली समाजमा पछिल्लो समय चिया पसलका दम्पतीले झैं नातागोता सम्बाेधन गर्दा धेरैले नाताभन्दा बाहिरकाे नाता गाँसेर सम्बाेधन गरिरहेका छन् ।
नाता साइनो यति सामान्य र सस्तो तरिकाबाट प्रयोग गर्नुहुँदैन ।नाता सम्बन्धकाे परिचय हाे । यसले समाजिक चरित्रलाई जीवन्त दिने काम गर्छ । हेर्दा सामान्य लाग्नसक्छ तर समाजशास्त्रीय र मानवशास्त्रीय काेणबाट नियमन गर्दा मानवीय संवेगसँग नाताकाे सम्बन्ध अटुट रहेको छ । नाता नहुँदाे हाे त सायद मानिसमा सभ्यता आउँदैन थियो हाेला । मानिसमा सभ्यता कायम नहुँदाे हाे त मानिस उहीँ ढुङ्गे युगमा जसरी जे मन लाग्याे त्यहीँ गरिरहेको हुन्थ्यो हाेला । मानव विकासको क्रमसँगै समाजभित्र नातागोताकाे विकास भएको हाे । नातागोताकाे विकास र अभ्यास सँगै मानिसमा चेतना र चिन्तन थपिएको हाे । अन्यथा मानिस र पशुमा कुनै भिन्नता देखिँदैन थियो । यिनै नातागोताकाे कारण मानिस छुट्टै विवेकशील प्राणी भएको हाे । मानिसले चेतनासँगै आफ्नो समाज ,समुदाय र परिवारभित्र नयाँ सम्बन्ध साइनोकाे दायरा रुप निर्माण गरेको हाे । तर यति गम्भीर विषयलाई हिजोआज मानिसहरु हल्का रुपमा लिइरहेका छन् । नाताअनुसारका साइनो प्रयोग नगरी अनर्गल साइनो चलाइरहेका छन् ।
नाता साइनोमा सबैभन्दा धेरै प्रयोग हुने नातामा ,हजुरबुबा, हजुरआमा ,बाबा आमा, सासू ,ससुरा काका , मामा , दिदी , भाइ , भिनाजु , आमाजु , जेठाजु , फुपू , फुपाजु , सम्धी, सम्धिनी , मित मितिनी , इत्यादि हुन् । यी सबै नाता साइनाेले छुट्टै शिष्टाचारकाे दायरा बनाइदिएको छ । कुन नातालाई कस्तो आतिथ्य गर्ने त्यसको पनि जानकारी दिएको छ । नातागोता , इष्टमित्र , वंश जे भने पनि यी शब्द सम्बन्धसँग सम्बन्धित छन् । यिनै शब्द सम्बन्धका सेतु हुन् । सम्बन्धकाे लागि आवश्यक मार्ग काेर्ने आयाम पनि यिनैले निर्धारण गरेकाे हुन्छ । कुन सम्बन्ध वा नातालाई कस्तो सम्बाेधन गर्ने , मानसम्मान कस्तो गर्ने ,सबै कुरा नाताकाे प्रकृतिले निर्धारण गर्दछ । विशेषगरी नेपाली समाजमा केही नाता छन् जसले विशेष स्थान ओगटेको छ । उदाहरणकाे लागि ससुराली पक्षलाई राजकीय सम्मान गर्नेपर्ने हुन्छ । सासूससुरा , जेठान , सालासाली , जेठीसासू , मामाससुरा इत्यादी अर्थात ससुराली खलकलाई सिष्टाचार , आतिथ्य , सम्मानमा कुनै कसुर बाँकी राखे परिवारमा खटपट हुनसक्छ ! तर विडम्बना हिजोआज यिनै नातागोता तथा साइनो लगभग लाेपाेन्मुख अवस्था देखिन्छन् । कसले कसलाई के भनेर सम्बाेधन गर्छ पत्तै हुँदैन । नातागोताका अवस्था हेर्दा केही नाता यथावत छन् भने केहीकाे अवस्था शब्दकाेशमा सिमित छ ।
सासूससुरालाई आमा बुबा ( ड्याडी मम्मी ) सालासालीलाई भाइ बहिनी , जेठान , जेठीसासू, साडु , देवरानी ,जेठाजु , आमाजु, जेठानी जस्ता पारिवारिक नाताकाे सङ्केत गर्ने नाता साइनाे सम्बाेधनलाई मानिसहरुले आफ्नो अनुकुल प्रयोग गरेको देखिन्छ । भन्नुपर्ने नाता सम्बन्ध एउटा छ मानिस अर्को नयाँ सम्बाेधन भनिरहेको छ । साइनो र नाता जे हाे त्यहीँ नाताकाे प्रयोग गर्नुपर्ने हाे । सम्बाेधन नातागोता अनुसारको हुनुपर्ने हाे । विडम्बना सही नाता र सम्बाेधनकाे अभ्यास धेरै कम व्यक्तिको मुखबाट सुनिन्छ । अझ सही नाता सम्बाेधन प्रयोग गर्ने मानिसलाई नाता बिगारेर प्रयोग गर्नेहरूले गिज्याउने परिपाटी बसेको छ । के भनेको त्यस्तो पुरानो मान्छेले झैं भन्नेहरु पनि बढेका छन् । याे तरिकाकाे परिपाटीले मानिसहरु हिजोआज नयाँनयाँ साइनोकाे प्रयोग गरिरहेका छन् । जसको न कुनै सम्बन्ध छ न कुनै भाव छ नत आफ्नोपन नै ।
अहिले श्रीमान श्रीमतीले एकअर्कालाई बाबा मामु भन्ने चलन बढेको छ । पहिले याे शैली सहरिया परिवारमा सिमित थियो । यसलाई विस्तार गर्ने र मलजल गर्ने काम केही टेलिफिल्मले गरेको थियो । अहिले विस्तारै याे चलन सहर हुँदै सहरउन्मुख गाउँमा समेत प्रवेश गरिसकेको छ । देवरानीहरुले जेठानीलाई भाउजू भन्न सुरु गरेका छन् । देवरलाई भाइ भन्न थालेका छन् । साला सालीलाई सम्मान पुर्वक सालाज्यू सालीज्यू भन्नपर्ने हाे । विडम्बना साइनाे नातागोताले आफ्नो माैलिक रुप फेर्न थालिएको छ । प्रयाेगकर्ताले पनि भरपुर नाता शैली बदल्नका आफ्नो काेसिस जारी राखेका छन् । श्रीमान श्रीमतीबिचकाे साइनोलाई मामु बाबाले कसरी सही अर्थ दिनसक्छ । श्रीमान श्रीमती र बाबा मामुकाे सम्बन्ध, साइनाे छुट्टै छ । तथापि मानिसहरु व्यर्थ कथित आधुनिकताकाे नाममा बिना तुककाे साइनोकाे प्रयोग गरिरहेका छन् । यस्ता साइनो प्रयोग गर्नेकाे आफ्नै तर्क र बुझाइ हाेला । सरलता र आधुनिकतालाई आधार मानेर उनीहरू प्रतिवाद गर्नसक्छन । तर यथार्थकाे उत्तर उनीहरूले भनेजस्तो कहाँ छ । मनपरि साइनो सम्बन्ध प्रयोग गर्नेले जेजस्तो तर्क दिएपनि यस्ता व्यर्थ साइनो गलत बाहेक अरु केही हुँदैन ।
मित्रतालाई पारिवारिक सम्बन्धमा जाेड्ने मितेरी परम्परा पछिल्लो समय लाेपन्मुख अवस्थामा छ । मित ,मितिनी साइनो खाेज्न अघिल्लो पुस्तामा जानुपर्छ । अहिलेका पुस्ता बेस्टफ्रेन्डमा सिमित छन् । उसलाई मितेरी परम्पराकाे कुनै महत्त्व थाहा छैन । सात साइनो मितका त्यसै भनिएको हाेइन । मितेरी साइनोभित्र पारिवारिक आत्मिय अटुट छ । त्यस्तै जेठाजु , जेठान साइनोकाे आफ्नै विशेषता छ । मानिसहरु दाइ भनिरहेका छन् । दाइ नाता काका मामा , बाबाआमाका छाेराछाेरीलाई भन्नुपर्ने हाे । सासूससुराका छाेरालाई सम्बाेधनकाे लागि नाता छ । सही र भन्नुपर्ने नाता जेठान , जेठाजु नै हाे । यस्ता कयौं नाता छन् जसको अवस्था र अभ्यास निकै झिनो छ । तर केही नातागोता भने यीनै लाेपाेन्मुख साइनोभित्र अटल भएर बसेकाे पाइन्छ जस्तैः मामा , माइजू , फुपू । यद्यपि मानिसहरुमा साइनो नातागोताकाे महत्त्व दिनानुदिन घटेको छ । नत्र गलत नातकाे प्रयोग किन ? सही साइनो सही व्यक्तिलाई प्रयोग गर्दा के हुन्छ ? किन यी साइनो नाता मान्छेहरू बाेल्न चाहिरहेका छैनन् ?
खासमा नातागोताबाट व्यक्ति व्यक्तिबिच कस्तो साइनो पर्ने हाे त्यो थाहा हुन्छ । तर हिजोआज मान्छेहरुले चयन गरेको नातागोताले अन्य व्यक्तिमा दुबिधा सृजना गरेको देखिन्छ । जेठानलाई दाइ भन्नू , ससुरालाई बुबा भन्नू , श्रीमतीलाई मामु भन्दा बाहिरी सुन्ने मान्छेलाई रनभुल्लमा पार्ने गरेको देखिन्छ । नयाँ मानिसलाई काे श्रीमान् काे श्रीमती, काे आमाबाबु , काे ज्वाइँ काे जेठान जस्ता नातागोता अन्योलग्रस्तमा रहेका छन् । वास्तवमा नातागोता , साइनो फरकफरक किन निर्धारण गरियो ? यसको स्पष्ट कारण छ । बाहिरी रुप आवरण हेर्दा प्राय एकै समुदायका मानिस उस्ताउस्तै देखिन्छन् । झट्ट हेर्दा उमेर बाहेक अन्य कुराले खासै निर्धारण गर्दैन । यिनै नाता र साइनोले एउटा निश्चित रेखा काेरिदिएकाे छ । के भनेर सम्बाेधन गर्ने त्यो निर्धारण गरिदिएको छ । परिवार परिवारबिच हुनुपर्ने र गर्नुपर्ने मानमनिताेकाे विश्लेषण गरिदिएको छ ।
सरसर्ती हेर्दा नाता तथा साइनोले व्यक्तिलाई सहजता प्रदान गरेकाे छ । सासूससुरा सुन्नासाथ एकप्रकारकाे माहोल पारिवारिक माहोल बनाइदिएको हुन्छ । भान्जीभान्जा सुन्नासाथ प्रेमिल भावना जाेडिएकाे छ । अर्कोकुरा नाता साइनाेले मानिसलाई सजग हुन पनि सिकाएको छ । उदाहरणका लागि यदि कसैले घरमा सासूससुरा आउनुभएको छ भन्याे भने ज्वाइँ , बुहारीलाई एक खाल्काे सन्देश दिइरहेको हुन्छ । अभिभावक आउँदै हुनुहुन्छ अनुशासन कायम राख भन्ने सन्देश जान्छ । हेरेक साइनोकाे आआफ्नै विशेषता छ पारिवारिक सामाजिक महत्त्व छ । साइनोकाे प्रयोगलाई माैलिक र वास्तविक रुपमा राख्न आवश्यक छ । नाता साइनो संरक्षण गर्नु भनेको संस्कार चेतना र मर्यादाको विकास गर्नु हाे । त्यसकारण नाता साइनो प्रयोगमा मनपरि साइनो सम्बाेधन ग राेक्नुपर्छ। साइनो नाता जे हाे त्यहीँ भन्नुपर्ने । अन्त्यमा नाता साइनोकाे आफ्नै साैन्दर्य छ ।