अखिल नेपाल फुटबल संघले रिक्त रहेको नेपाली पुरुष फुटबल टिमकाे मुख्य प्रशिक्षकमा अस्ट्रेलियन म्याट राेसलाई नियुक्त गरेको छ । एन्फामा आयोजना गरिएको कार्यक्रममा राेसलाई एक वर्षको लागि सम्झौता गरिएको छ ।
राेसले दक्षिण कोरियाली महिला राष्ट्रिय टोली, स्विडिस महिला टोलीसँग पनि काम गरेका छन् । त्यस्तै जर्मन क्लब, १. एफएफसी फ्रान्कफर्ट लगायतका विश्वभरका विभिन्न फुटबल क्लबसँग उनकाे व्यवसायी अनुभव रहेको देखिन्छ ।