टिकटकले बनाइदिएको ठिकठाक जिन्दगी

सामाजिक सञ्जाल टिकटक केहीका लागि बरदान साबित भएको छ । सामान्य जिन्दगी भएकाहरु टिकटककै उपहारले गर्दा रातारात धनी भएका छन् । तीनै धनीमध्ये एक हुन् , टिकटकर अंशु वर्मा ।

काेराेनाकाे सङ्कटअघि उनी ललितपुरकाे कुनै एक विद्यालयमा शिक्षकको रुपमा कार्यरत थिए । त्यसताका उनलाई आफ्नो दैनिक जीवनयापन गर्न त्यति सहज थिएन । महिनाभरकाे मिहिनेत मजदुरीले पनि अपुग हुन्थ्यो । जब उनलेे टिकटक प्रयोग गर्ने थाले तब उनी शिक्षकबाट भाइरल अंशु भए । उनको लाइभ हेर्न लाखौंलाख मानिस हन थाले ।

कक्षाका ३०-४० विद्यार्थीले फलाे गर्ने अंशुलाई लाखौंलाखले फलाे गर्ने थाले । उनका हरेक भिडियोमा करोडौंको भ्युज आउन थाल्याे । उनका प्रशंसकले उनलाई यति माया गरेकी उनी रातारात नवधनाड्य भए । सामान्य जिन्दगीबाट उनी भव्य जिन्दगीकाे यात्रामा अघि बढे ।

उनले टिकटककाे कमाइबाट काठमाडौं , महेन्द्रनगरमा घर किनेका छन् । महंगाका गाडी चलाउँछन् । यदाकदा सामाजिक सेवामा पनि सक्रिय हुन्छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ