कुम्भमा मेलामा माला बेच्दै गरेकी आँखा निला भएकी युवती कुनै सामाजिक सञ्जाल प्रयाेगकर्ताले उनले माला बेच्दै गरेको भिडियो अप्लाेड गर्छन् । त्यसको केही दिनपछि उनी रातारात मिडियामा भाइरल हुन्छिन् ।
उनको भिडियो भाइरल भएपछि उनको नाम माेनालिसम भएको थाहा हुन्छ । नाम र आँखाले गर्दा माेनालिसालाई उनले कल्पना नगरेको चर्चा मिल्छ । एउटा फिल्म निर्माताले उनलाई आफ्नो चलचित्रमा नायिकाकाे रुपमा अनुबन्धन पनि गरिसकेका छन् । त्यस्तै विभिन्न कार्यक्रममा उनी बकाइदा सेलिब्रेटिकाे रुपमा जान थालेकी छिन् ।