काठमाडौं । देशभरका राजावादीहरु काठमाडौंका सडकमा राजा खाेजिरहेका छन् । कति नारा लगाउँदै छन् । पूर्व राजा ज्ञानेन्द्र शाहकाे फागुन सात गतेको भिडियो सन्देशले राजावादी दलहरू पछिल्लो समय जुर्मुराउन थालेका छन्। उनीहरूले देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका हुन्।
आज फागुन २० गते मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ। बबरमहलदेखि सुरु भएको प्रदर्शन नारायणहिटी दरबार पुगेको छ।
प्रदर्शनकारीले राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, गणतन्त्र गन्हाइसक्योलगायत नारा लगाएका छन्।