केही महिनाअघि जुद्व सालिकदेखि इन्द्रचाेकसम्मकाे सडकको रुप अर्कै थियो । सडक किनारमा बाइककाे लस्कर , अस्तव्यस्त बाटो , बिजुलीका पाेल माथि तारकाे थुप्रो , दायाँबायाँ भैलाधैला घर थिए ।
अहिले याे सडकको कायापलट भएको छ । सडक सानो भएपनि खुल्ला देखिएको छ । सडकपेटी फराकिलो छ । पुराना घरहरु नयाँ देखिएका छन् । याे बाटो भएर हिड्ने मानिस भन्ने गर्छन्, “याे सडकले युरोपका पुराना माैलिक सहरकाे झल्को दिएकाे छ “।