अमेरिकी सपना देखिए जस्तो सजिलो कहाँ छ र

डंकी मार्ग हुँदै गैरकानुनी तरिकाबाट अमेरिकामा लुकिछिपि बसेका नेपालीलाई अमेरिकी सरकारले डिपार्ट गरेकोे छ ।अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरूले काठमाडौं ल्याउने क्रममा जहाजभित्र २४ घण्टासम्म हातमा हतकडी र खुट्टामा नेल लगाइएको बताएका छन्। त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि मात्र ती बन्देज खोलिएको उनीहरूको भनाइ छ। ट्रान्जिटमा खुट्टाको चेन खोलिए पनि हातको हतकडी विमानबाट झर्ने बेलामात्र खोलिएको थियो।

अमेरिकामा पक्राउ परेपछि उनीहरूलाई स्वदेश फर्कने वा कानुनी लडाइँ लड्ने विकल्प दिइएको थियो। कानुनी प्रक्रिया नछान्नेहरूलाई निजी उडानमार्फत फर्कन दिइए पनि अरूलाई हतकडी र नेल लगाएर डिपोर्ट गरिएको बताइन्छ।

फर्किएकामध्ये आठ जना नेपाली छन्, जसमा एक जना डोटीका, अन्य दाङ र रुकुमका हुन्। उनीहरू एजेन्टलाई ५०–९० लाख रुपैयाँ बुझाएर विभिन्न देश हुँदै पाँच–छ महिनामा अमेरिका पुगेका थिए।

22 thoughts on “अमेरिकी सपना देखिए जस्तो सजिलो कहाँ छ र”
  1. Новые актуальные промокод iherb promo для выгодных покупок! Скидки на витамины, БАДы, косметику и товары для здоровья. Экономьте до 30% на заказах, используйте проверенные купоны и наслаждайтесь выгодным шопингом.

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ