काठमाडौँ – प्रजातन्त्र दिवसको शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज रैतीबाट जनताको दर्जामा पुर्याएको बताएका छन्।
ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन्।
उनल भनेका छन्, ‘फागुन ७ गते। आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो।’
गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीमा दिवसको शुभकामना दिँदै उनले अमर सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जलि र सम्मान व्यक्त गरे । ओलीले राष्ट्रिय प्रजातन्त्र दिवस राष्ट्रव्यापी रूपमा मनाउन आग्रह गरेका छन्।
गत हप्ता सिंहदरबारमा भएको बैठकलाई सम्बोधन गर्दै ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरेका थिए। प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन नसक्ने उनको भनाई छ। हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्व पनि भएको भन्दै उनले जनताको कार्यक्रम बनाउने गरी अगाडि बढ्न सुझाव दिए।
https://t.me/s/Top_Online_1WIN
https://t.me/s/TopTg_Poker
شركة نقل عفش بالكويت
شركة تسليك مجاري بالاحساء
перевозки грузов из китая карго доставка из китая
شركة كشف تسربات المياه بالاحساء
شركة كشف تسربات المياه بالاحساء
شركة تنظيف مكيفات بالدمام