प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

काठमाडौं : प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ। 
आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र  गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरेका हुन्। 
प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ वर्ष पुगेको अवसरमा पुस्तकको लोकार्पण गरिएको हो। 
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको संघर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताइन्। पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसंग उल्लेख छन्।
‘न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थें। त्यही संकलन आज पुस्तकाकारमा आएको छ’, शाक्यले भनिन्, ‘म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे। मैले केपी ओलीसँग करुणाले बिहे गरेँ।’

One thought on “प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण”

Ipamorelin and Cjc 1295 Dac’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ