प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न गृहको पत्राचार


काठमाडौं — गृह मन्त्रालयले  दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरूको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न  प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गरी काम कारबाही अघि बढाउन पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए । यस अघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई थप प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको प्रवक्ता तिवारीले जानकारी दिए ।
दलित समुदायका व्यक्तिहरूको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कूरीतिका रूपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाइ कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पुर्‍याउन परिपत्र गरिएको हो,’ प्रवक्ता तिवारीले भने, ‘डेस्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र थप प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न भनेका छौं ।”
केही दिनअघि गृहमन्त्री रमेश लेखकलाई भेट्न गृह मन्त्रालय पुगेका संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधीकारीसँगको भेटमा उनले जातीय विभेद र छुवाछुतका विषय हेर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गर्ने बताएका थिए ।

18 thoughts on “प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न गृहको पत्राचार”
  1. Планируете ремонт https://remontkomand.kz в Алматы и боитесь скрытых платежей? Опубликовали полный и честный прайс-лист! Узнайте точные расценки на все виды работ — от демонтажа до чистовой отделки. Посчитайте стоимость своего ремонта заранее и убедитесь в нашей прозрачности. Никаких «сюрпризов» в итоговой смете!

  2. Новые актуальные секретные промокоды iherb для выгодных покупок! Скидки на витамины, БАДы, косметику и товары для здоровья. Экономьте до 30% на заказах, используйте проверенные купоны и наслаждайтесь выгодным шопингом.

beton saratov 693’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ