महाकुम्भमा डुबुल्की मारेर फर्किएकाहरूमा लुतो र छालासम्बन्धी समस्या’


प्रयागराजमा आयोजित महाकुम्भ मेलाबाट फर्किएका तीर्थयात्रीहरुमा छालासम्बन्धी गम्भीर समस्या देखिएको छ। राँचीका छाला रोग विशेषज्ञहरूले मेलाबाट फर्किएका व्यक्तिहरूमा चिलाउने, रातो दाग आउने, र्‍यास देखिने तथा ढुसी संक्रमण बढेको बताएका छन्।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड र राष्ट्रिय हरित अधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनमा गंगा र यमुना नदीको पानी अत्यधिक प्रदूषित रहेको उल्लेख गरिएको थियो। यो रिपोर्ट सार्वजनिक भएसँगै राँचीका चिकित्सकहरूकहाँ छालासम्बन्धी समस्याका बिरामीको संख्या अप्रत्याशित रूपमा बढेको छ।

राँचीस्थित लक्ष्मी क्लिनिकका छाला रोग विशेषज्ञ डा. यशवन्त लालका अनुसार, ‘हाल छालासम्बन्धी संक्रमण, विशेष गरी ढुसीजन्य समस्या भएका बिरामीहरू निकै बढेका छन्। बिरामीहरूले अत्यधिक चिलाउने, रातो दाग आउने तथा संक्रमण फैलने समस्या बताइरहेका छन्। यो मेलाको अस्वस्थकर वातावरण, लामो समयसम्म भिजेको कपडा लगाउनु र साझा शौचालय तथा नुहाउने स्थानको प्रयोगका कारण हुन सक्छ।’

राँचीको एडलुहाटु निवासी ५७ वर्षीय रञ्जीत कुमारले भने, ‘कुम्भ मेलाबाट फर्किएपछि मेरो शरीरभरि चिलाउने, रातो दाग आउने समस्या देखिएको छ। औषधि खाइरहे पनि समस्या कम हुन धेरै समय लागिरहेको छ।’

बोर्डले फेब्रुअरी ३ मा एनजीची समक्ष पेश गरेको प्रतिवेदनअनुसार, गंगा र यमुना नदीको पानीमा अत्यधिक कोलिफर्म जीवाणु भेटिएको छ। यो जीवाणु मलमूत्रजन्य फोहोरका कारण फैलिएको बताइएको छ।

प्रतिवेदनमा गंगामा कोलिफर्मको मात्रा तोकिएको मापदण्डभन्दा १,४०० गुणा र यमुनामा ६६० गुणा बढी रहेको उल्लेख गरिएको छ। जसले गर्दा यी नदीहरूमा स्नान गर्नु स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि हुन्छ।

बोर्डका अनुसार बाहिरी स्नानका लागि पानीमा कोलिफर्मको मात्रा अधिकतम ५०० एकपीएन प्रति १०० मिलिलिटर हुनु पर्ने हो। तर, जनवरी १९ मा गरिएको परीक्षणमा गंगाको पानीमा ७,००,००० एकपीएन प्रति १०० मिलिलिटर र यमुनाको पानीमा ३,३०,००० एकपीएन प्रति १०० मिलिलिटर कोलिफर्म फेला परेको थियो। जनवरी १२, १३, १४, १५ र १९ मा गरिएको परीक्षणले पनि नदीको पानी अत्यधिक प्रदूषित रहेको देखाएको थियो।

स्वास्थ्य विज्ञहरूका अनुसार, कुम्भ मेलामा लाखौँ मानिसको भीड, उच्च आर्द्रता, सरसफाइको अभाव र दूषित पानीका कारण छालासम्बन्धी समस्या देखिएको हुन सक्छ। गंगाको अत्यधिक प्रदूषित पानीमा स्नान गर्नु नै संक्रमणको प्रमुख कारण हुन सक्ने चिकित्सकहरू बताउँछन्।

16 thoughts on “महाकुम्भमा डुबुल्की मारेर फर्किएकाहरूमा लुतो र छालासम्बन्धी समस्या’”
  1. Green Spark Electrics specializes іn EV charger
    installation in Durham, Newcastle, аnd Sunderland fоr hojes
    and businesses. Unleash tһe power ᧐f the latest technology іn EV charging
    with Green Sppark Electrics, үouг trusted partner іn Durham, Newcastle, aand Sunderland.
    Check оut our websitge fօr more infօrmation οn our services οr visit оur ssite tօ learn mⲟre abоut how
    ᴡe cɑn һelp you transotion to electri vehicle ownership.

    1. Главный Telegram-канал 1 Вин казино.
      Самое востребованное казино и ставки от 1 Вин. Доступно самое актуальное зеркало официального сайта 1win, функционирующее везде.
      Регистрируйся на платформе, выполняй вход в 1вин, забирай щедрые бонусы с помощью промокода и тут же начинай играть.
      Наслаждайтесь обширным выбором игровых автоматов, популярными спортивными ставками и потрясающими конкурсами с крупными выигрышами. Станьте частью крупной международной платформы и открывайте мир удовольствий вместе с 1win!
      Главные акции, бонусные программы и комфортные условия ведения игры ждут вас уже сейчас. Регистрируйтесь, определите игры и делайте ставки, испытывая истинные эмоции и поднимающее настроение!
      Только что оценили удобство и привлекательность платформы? Расскажите друзьям и знакомым, рассказывайте радостью крупного выигрыша или бесплатными бонусами. Заходите, играйте и получайте удовольствие на канале Telegram 1win!
      https://t.me/s/TopTg_1WIN/370

google my business optimization service’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ