एमालेले भन्योः छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ


सत्तारुढ दल नेकपा एमालेले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरी प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले केबलकार निर्माणका विषयमा उत्पन्न विवाद समाधानका लागि सम्वद्ध पक्षहरूसँग समन्वय गर्नुपर्ने निर्णय गरेको हो।

बैठकपछि महासचिव शंकर पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवाला समूहहरूसँग छलफल गरेर समस्या समाधान गर्नुपर्ने बताए। उनका अनुसार पार्टीले केबलकार निर्माण प्रक्रियालाई सहज बनाउन सकारात्मक भूमिका खेल्नेछ।

‘केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउनका लागि विवाद अन्त्य गरी सहज वातावरण बनाउन आवश्यक छ,’ महासचिव पोखरेलले भने। ‘यस विषयमा सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गर्न सम्बन्धित निकायहरूलाई आग्रह गर्छौं।’

एमालेले पाथीभरा केबलकार निर्माण प्रक्रियालाई विवादरहित बनाउँदै अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

3 thoughts on “एमालेले भन्योः छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ”

شركة تسليك مجاري بالجبيل’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ