अगस्ट 1, 2025

मियाेकै मार्गमा रास्वपाका नेता ; केन्द्रीय सदस्य थापा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ


राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सभापति रवि लामिछानेका विश्वासपात्र मोहन थापा अमेरिकामा पक्राउ परेका छन्।

अघिल्लो साता नेपाल फर्किने क्रममा उनी पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेको खुलेको छ। गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई जानकारीमा रहेको उक्त घटना एकसातासम्म गोप्य राखिएको थियो।

नेता थापा बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानाका पूर्व अध्यक्षसमेत हुन्। उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीले जानकारी दिएका छन्।

उनी लामो समयदेखि नेपाल–अमेरिका ओहोरदोहोर गरिरहन्थे। रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग पैसा लेनदेनमा मुछिएका थापामाथि नेपालमा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरु भएपछि गतवर्ष अमेरिका फर्किएका थिए।

थापालाई के प्रकरणमा पक्राउ गरिएको भन्ने खुलेको छैन। अमेरिकी ग्रीनकार्ड भएको व्यक्तिले अस्वभाविक रुपमा कुनै देशमा ओहोर–दोहोर गरिरहेमा अमेरिकी अध्यागमनले नियन्त्रणमा लिएर गरेर सोधपुछ गर्ने गरेको एनआरएनएका पदाधिकारीले बताएका छन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानको घेरामा रहेका रास्वपा सभापति लामिछानेसँग थापाको उठबस थियो। लामिछानेले सहकारीको रकम अमेरिका पठाएको आरोपमा प्रहरीले फरक कोणबाट अनुसन्धान गरिरहेको छ। अमेरिकामा लिलाम हुनै लागेको लामिछानेको घर किन्न उक्त रकम प्रयोग भएको दाबी छ।

सभापति रविले पठाएको उक्त रकम हुण्डीमार्फत अमेरिका लैजान थापाले सहजीकरण गरेको स्रोतको दाबी छ। यसअघि उपनिर्वाचनका बेला लामिछानेले अमेरिकामा रहेका थापाको नाममा ५ करोड हुण्डी गर्न लगाएको रविकै व्यावसायिक साझेदार जीबी राईको तर्फबाट लेखिएको इमेलमा जिकिर गरिएको थियो। लामिछानेले गृहमन्त्री रहँदासम्म थापामार्फत पटक–पटक गरी १२ करोड रुपैयाँ अमेरिका पठाएको स्रोतको दाबी छ।

थापा यसअघि अमेरिकामा सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको अभियोगमा जेलसमेत परेको खुलेको छ। पछिल्लो समय उनी अमेरिकी नागरिकता रद्द भएपछि ग्रीनकार्ड लिएर अमेरिकामा बस्दै आएका थिए।

थापाको टिमले केहीमहिनाअघि राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणालाई बहिष्कारको आह्वान गरेपछि नेपाली समुदायमा गर्न लागिएको कार्यक्रम नै रद्द भएको थियो।

पक्राउ परेका थापालाई अमेरिकी अध्यागमनले नेपाल फिर्ता पठाउने सक्ने नेपालको अध्यागमन विभाग स्रोतले बतायो।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि आप्रवासीविरुद्ध कठोर नीति लिएका छन्। अमेरिकामा गैरकानुनी बसिरहेका गैरअमेरिकीहरूलाई पक्राउ गरेर धमाधम उनीहरूकै देश फिर्ता गरिरहेका छन्।

2 thoughts on “मियाेकै मार्गमा रास्वपाका नेता ; केन्द्रीय सदस्य थापा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ”
  1. Официальный Telegram-канал 1win онлайн-казино.
    Самое популярное онлайн-казино и ставки от 1win. Доступно самое актуальное зеркало официального сайта ван вин, функционирующее везде.
    Регистрируйся на платформе, делай вход в один вин, забирай щедрые бонусы с помощью промокода и тут же запускай веселиться.
    Погрузитесь обширным выбором игровых автоматов, любимыми спортивными ставками и замечательными конкурсами с крупными выигрышами. Станьте частью крупной международной платформы и открывайте мир удовольствий вместе с 1win!
    Главные акции, бонусные программы и комфортные условия ведения игры ждут вас уже сейчас. Начинайте, определите игры и делайте ставки, испытывая истинные эмоции и поднимающее настроение!
    Только что оценили удобство и привлекательность платформы? Расскажите друзьям и знакомым, поделитесь радостью крупного выигрыша или бесплатными бонусами. Заходите, играйте и получайте удовольствие на канале Telegram 1win!
    https://t.me/s/TopTg_1WIN/390

winBeply’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ