मिमबहादुर परियार
दैवका लुगाले बाँचुन्जेल कहिल्यै आइरनकाे ताप पाएनन् । सलक्क कहिल्यै भएनन् । सधैँ उनीहरू खुम्चिएर नै उसको शरीरबाट बिदा हुन्थे । उसका ती सर्ट पाइन्ट काेट लगायतलाई दु:ख लाग्दो हो, अरूका शरीरका लुगा पनि देख्दा हुन् । कहिलेकाहीँ खुब रिसाउँदा हुन् । बेलाबखत प्वाँक भन्दा हुन्, अझ कुरा काट्दा हुन्, यो के तालको अल्छी मान्छे हो । दुनियाँका सर्ट देख्दैँन, हेर्दैन कि क्या हो ! अरूका कपडा कति सलक्क परेका छन् । चिटिक्क पर्छन् । यो भने झुँस् फुलेका दारी पालेर, मुहारमा पीडाको भारी बोकेर, शरीरमा खुम्चिएका कपडाका टुक्राटाक्री भिरेर कत्ति लाज नमानी हिँडेको, भन्थे होला । अरूले कुरा काटेको थाहा पाउँदैन कि के हो, भनी सर्ट पाइन्ट एकआपसमा मुखामुख गर्थे होला ।
सर्ट अक्सर भन्थ्यो “संसारमा कसैलाई नभएको पीडा यसलाई मात्र कहाँ थियो होला ? मैलोधैलाे हुँदैमा सबै महावीर पुन, गोविन्द केसी हुँदैन होला । देश दुनियाँ अनुसार चल्नुपर्ने हो ,कत्ति भन्ने यो मेरो खडुस मालिकलाई । अस्ति उसले ऐना हेर्दा म खुब हाँसेको थिए । यो बेलाबेलामा खुम्चिएको सर्ट तान्थ्यो । बाङ्गिएको कठालो मिलाउँथ्यो । बेलाबेला बालतिर हात लग्थ्यो । जेहाेस् आफैँलाई खुब हिरो ठान्ने रहेछ” ।
बेलाबेलामा मलाई यसको खुब दया लाग्छ । सबै थाेक बुझेको छु । कयौंपटक मैले यसको आँसु पुछेको छु । त्यो नुनिलो गन्धले म पनि रोएको छु । मेरो मालिकलाई लाग्दो हो म एक्लै रोएको छु, उसलाई कसैले देखेका छैन भन्ने । तर म पनि कयौंपटक सँगसँगै रोएको छु । उसको पिडामा म पीडित भएको हुन्छु । अस्ति त्यहीँ आँसुको नुनले हाफ सर्ट च्यात्तियो । मालिकले एकपटक यसो हेर्याे, खाटमा फाल्याे । फेरि बोकेर नजिकैको दर्जी कहाँ रफु गरायो ।
यता सर्ट मालिक दैव भने आफ्नो धुनमा मस्त छ । उसको प्रिय साथी भनेकै किताब त्यसभित्रका अक्षर थिए । ऊ मानिसभन्दा पुस्तकसँग ज्यादा रमाउँथ्यो । दुख भुल्न, सुख थप्न पुस्तक पढ्थ्यो, किन्थ्यो । उसको अर्को अम्मल भनेको एक खिलि ५५५ र दुई गिलास लोकल रक्सी पिउने । अक्सर बेलुकी पख ठ्याक्कै सात बजे नजिकैको भट्टीमा ५ मिनेट अल्झिन्थ्यो । हातमा ५५५ चुरोट, दुई गिलास रक्सी स्वाँट पिउँथ्यो । अनि सिधै कोठातिर लम्कन्थ्यो ।
बेलाबेलामा लोग्ने स्वास्नीको ठाकठुक पर्थ्याे । ठाखठुककाे विषय धन सम्पत्ति नभई लुगा हुन्थ्यो । श्रीमती सरु, खुब रिसाउँथी, के साह्रो अल्छी भएको हो । अलि चिटिक्क परेर हिँड्नु, कमसेकम सर्टिफिकेटको इज्जत त राख्नु । झोलामा पिएजडीकाे सर्टिफिकेट, लुवाइखवाइ हेरे त, बिजोग भन्थी । ऊ नझर्की, म यस्तै त छु, अहिलेमात्र म यस्तो भएको होइन । हाम्रो लभ पर्दादेखि म यस्तै थिए, यस्तै रहन्छु र यस्तै मर्छु,जवाफ दिन्थ्यो ।
दैव, अक्सर सुत्नेअघि आफ्नो पुरानो डायरीमा केही लेख्थ्यो । कसैले नदेख्ने गरि सुटुक्क दराजको पछाडि लुकाउँथ्यो । त्यसदिन उसले यस्तो लेखेको थियो । “म कपडाको भौतिकतावादी भाष्यभन्दा धेरै पर छु । मलाई कसैको कुनै मतलब थिएन । मेरी स्वास्नी लुगाकाे विषयमा खुब रिसाउँथी । ढङ्ग छैन भने मलाई भन्नू, म आइरन लगाइदिन्छु । यो बिजोग नदेखाऊँ त । मेरो बेइज्जत नगर त भन्थी । म भने लुगाकाे काम लाज छोप्ने हो । लाज छोपेकै छु, रहर भए आफ्नो गरे भैगो नि, जवाफ दिन्थे । दुनियाँका लोग्ने कम्ता ठाँटले हिँड्छन् । कपडा छोए दाग लाग्ला जस्ता हुन्छन् । आफ्नाको भने नयाँ पुरानो के हो छुट्टाउनै गार्हो भनेर घुनासाे गर्थी” भनेर लेखेको थियो ।
दैव भन्थ्यो, खैर दुनियाँका शरीर मैले नदेखेको होइन । सबै नाशवान् हुन् । कालान्तरमा पछि काेही खाल्डामा पुरिने हुन् । काेही जलाइने हुन् । त्यसबेला यिनका छाला कत्ति सलक पर्छन् होला ? यिनका कात्रोमा कति आइरन टिक्छ होला ? यो सब मान्छे किन बुझ्दैन ? अर्मानीमा ठाँटिएका, श्रेष्ठ टेलरिङ्गमा सिलाइका, गरिबका हातले पसिना पुछ्दै स्त्री लगाएको कपडा किन्ने, लगाउने ठाउँ मलाई थाहा नभएको होइन । प्रबल गुरुङ, मनिष मलाेहत्रा नचिनेको होइन । मलाई कपडामा आइरन लगाउने रहरै थिएन । मेरो लुगा मेरो मन, मेरो तन ” ।
विलासिताको रङ्गिन दुनियाँमा ऊ फागत शीतको थाेपा जस्तै थियो । आधुनिक नक्कली युगमा ऊ कर्काेलाकाे पातमा अडिएको पानीको थाेपा थियो । लक्ष्मीप्रसाद देवकोटाले देख्ने समीर थियो । उसको अस्तित्व विलासी रङ्गिन दुनियाँलाई पचाउन गार्हो थियो । यहाँ मानिसको अस्तित्वभन्दा कपडाको अस्तित्वको महत्त्व धेरै छ । मानिसको आचरण व्यवहारभन्दा यहाँ कपडाका ब्रान्डको महत्त्व छ । सब उसले बुझेको थियो तर उसलाई कसैको मतलब थिएन । अझ भनौँ बाल दिँदैन थियो ।
बेलाबेलामा भने उसलाई अलि नमजा भने लाग्दो रहेछ । अस्ति ऊ बैङ्कमा जाँदा सेक्युरिटी गार्डले शङ्काको नजरले हेर्याे । खुम्चिएको सर्ट बाक्लो दारीलाई गार्डले आतिथ्य देखाएनन् । प्रश्न गर्याे गार्डले, कहाँ जान लागेको हो ? ऊ अलि अक्मक्कियाे, बैङ्कमा के गर्न आउँछन्, चेक साट्नु छ जवाफ दियो । फेरि गार्डले घुरेर हेर्याे । सुरक्षा जाँच गर्याे, मिसिनले स्क्यान गरेपछि उसलाई भित्र जान दियो । परबाट उसले गार्डको गतिविधि नियाल्दै थियो । गार्ड मान्छेको कपडा हेरेर व्यवहार गर्दो रहेछ । चिटिक्क परेका मान्छेलाई छाती तन्काएर सलुट गर्दै भित्र पठाउँदै थियो । हुन त गार्डलाई त्यही किसिमको ट्रेनिङ दिइएको थियो होला पाेशाक हेरेर व्यवहार गर्नु भन्ने आदेश थियो होला ! लाइनमा लामो सास तान्यो उसले । चेक साटेर ऊ फर्कियो ।
बैङ्कबाट बाहिर निस्कँदा पुन : गार्डले शङ्काकै दृष्टिले हेर्याे । उसले तब भने वास्तै नगरी हिँड्यो । साँझ भट्टीमा भने गार्डको गतिविधिले उसलाई अल्झायो । आफैँले आफ्नो सर्ट हेर्याे । ठिकै छ त जवाफ पनि दियो । हातको ५५५ चुरोट र दुई गिलास स्वाँटै पारेर ऊ घर गयो । घर पुग्नासाथ श्रीमतीले सोधिन्, के भयो आज, मुख निनाउँराे छ त ! के भयो ? उसले केही भएको छैन, थकानले होला भन्यो । लुगाका कारणले हो भने त उसकी श्रीमतीको पुनः कचकच सुन्नुपर्थ्यो ।
साँझ सुत्नेबेला उसले डायरीमा लेख्यो “मान्छे किन कपडा प्रेमी ! कपडा र मान्छेको सम्बन्ध भर्खरै भएको हो । पहिला मान्छे कपडा विहीन थियो । बाँचेकै थियो । अहिले पनि मान्छे नाङ्गै बढी बिक्छ । ती प्राेन फिल्म, समुन्द्री बीचमा, मानिस नाङ्गै हुन्छ, फिल्मका आइटम गीतमा मानिसलाई अर्धनग्न प्रिय लाग्छ । यिनै मानिस हुन् खोजिखोजी हेर्ने ! अचम्म ! बाहिरी दुनियाँमा कपडा राम्रा चाहिनेले, भित्री रुपमा नाङ्गो प्रिय लाग्ने, खोज्नेले त्यहाँ पनि कपडा खोज्नु”।
त्यस दिनको घटनापछि उसलाई हाइफाइ चाहिने ठाउँमा जान मन थिएन । दैवलाई कसैले शङ्का वा हीन नजरले हेरेको कदापि मन पर्दैन थियो । ठ्याक्कै बैङ्कमा भएको घटनाको भोलिपल्ट उसकी श्रीमतीले “राजा लाउन्जमा” डिनरकाे लागि जाउँन भनिन् । घरको खाँदाखाँदा वाक्य भयो अलि रिफ्रेस नि हुन्छ, जाउँन पिलिज् भनिन् । उसले नकार्न सकेन ! हुन्छ भन्यो ! खुसी हुँदै श्रीमतीले ल म तयार भएर आउँछु, हजुर एकछिन कुरिसियाे न भनिन् । हुन्छ हुन्छ ..उसलाई कुर्नु जति झिजाे केही लाग्दैन थियो । तर पनि श्रीमतीको लागि हरेक झिजाे सहन ऊ तयार थियो । बेलाबेलामा घडी हेर्थ्यो, बैठकमा जान्थ्यो, बेडरुममा हेर्थ्यो । श्रीमती ऐनाको अगाडी मज्जाले बसेकी थिइन् । मुख दायाँबायाँ गर्थिन् । केश हातले मिलाऊँ थिइन् । तयारी भएको देख्दैन थियो । ऐ सरु भएन .. ढिला भएन ! भयो भयो अब अलिकति है ! हस् हुन्छ .. चाँडो गर, भन्थ्यो !
बल्लतल्ल सरु आइन् ! उनी निकै राम्री देखिएकी थिइन् । टल्कने कपाल, झल्कने झुम्का, रसिला ओठमा रातो लाली, आँखामा गाजल र शरीरमा मगमग बास आउने अत्तरले असाध्यै सुहाएको थियो । उनले सोधिन्, म कस्ती देखिएकी छु । उसले उत्तर दिनुअघि झट् आफूलाई हेर्याे, ऐना अगाडी सरु र आफ्नो तुलना गर्याे । सरु निकै राम्री देखिएकी थिइन्, पुरै स्पेनी मोडल जस्तै: । ऊ झसङ्ग भयो, आफ्नो झुस्स दारी, खुम्चिएको सर्ट । सरुकाे अगाडी फिक्का, कदापि जोडी मिलेको थिएन । के भयो हजुरलाई, म कस्ती देखिएकी छु । तिमी धेरै राम्री देखिएकी छौँ । ल जाऊँ ढिलो होला फेरि उसले भन्यो ।
दैवले बाईक स्टार्ट गर्याे । रेस्टुरेन्टतिर बाइक हुइक्याँयाे, दुवै गफिँदै थिए । अलि बिस्तारै चलाउनु न बाबा सरुले भनिन् । अचानक उनीहरूको अगाडि कुद्दै गरेको बाइक र कार एकआपसमा ठोकिए । गाडी सबै रोकिए । उनीहरूको बाइक रोकियो ! अगाडिको बाइकवाला हुत्तिएर पर पुग्यो । लगभग ६-७ बल्ड्याङ खायो । शरीरभरी रगत देखिन्थाे । लगभग अचेत अवस्थामा थियो। हतारहतारमा एकजना व्यक्ति दुर्घटनामा परेको बाइकवालाई बचाउन गए । काखमा राखे,घाइते बाइकवाला दाइ .. दाइ भने , बाइकवालाले आँखा हेर्याे । वरपरका अरू सबै रमिते थिए । सडक छेउमा ठाँटिएका कोही अगाडि बढेनन् । तिनै व्यक्तिले उसलाई बोकेर अस्पताल लग्यो । बन्द सडक खुल्यो ।
ती उद्धारकर्ताको हुलिया अलि अनौठो थियो । नाकमा फुलि, कानमा ठूला मुन्द्रा, कपडा दैवको जस्तै लगाएको थियो, खुम्चिएको । चलनचल्तीमा उसको पाेशाक रफ एन्ड टफ थियो । उसको लगाइलाई गुण्डा या ट्यापे भन्थ्यो समाजले । तर त्यहाँ ऊ कसैको जीवन रक्षक भइदियो । समाजले निर्माण गरेको भेषभूषाकाे कथित बिल्लालाई उसले गिज्याइदियो । समाजले त तमाम सफेद पाेशाकधारीलाई सज्जन मानेको थियो । ती सज्जनको बीचमा ऊ मानव भइदियो । मनमनै दैव त्यो व्यक्तिप्रति खुसी थियो । ऊ अब पक्का भयो, प्रमाण थियो, नाथे वस्त्र शस्त्र नाटक न हो । उसले श्रीमतीलाई देख्यौँ भन्यो । सरुले केही बोलिनन् । सायद आज राति दैवको डायरीमा उनै रफ एन्ड टफ कैद हुन्छन् होला ।
बाइक स्टार्ट गर्दै उसले पुनः भन्यो,” देख्यौँ सरु मान्छेको लवाइखवाइ त बहानाबाजी न हो । यो त सांसारिक भ्रम न हो । मान्छे भ्रमकाे खाेल ओढेर त्यसै नाटक मञ्चन गर्छन् । मान्छे हुनलाई मन चाहिन्छ । पाेशाक त खाेल न हो ! खाेलले मनलाई कहाँ ढाक्न सक्छ र । मनले गर्दा बाइकवाला बाच्यो “खाेल ओडेका सफेद सलक्क परेकाहरू रमिते भए”। सरु केही बोलिनन् । गफिँदै, उनीहरू राजा ल्याउन्जमा पुगे, बाइक पार्क गरेर, भित्र पसे ।
उनीहरूले “सी मम” अडर गरे । सरुले भनिन् “सुन्नु न अघिको बाइकवाला बाँच्छ होला त ? बाँच्छ नि, त्यो व्यक्तिले समयमै अस्पताल लग्यो, होस् थियो, उसले जवाफ दियो । त्यतिकै सरुले अर्को टेबुलमा आफ्नो साथी देखिन् । मुसुक्क हाँसेर इसारा गरिन् । त्यताबाट पनि त्यस्तै इसारा आयो । सरुकी साथीको हातमा चुरोट थियो । मोबाइल चलाउँदै थिइन् । मोबाइल उनले राखिन् “ओइ सरु Come here , Long time no see” भनिन् । श्रीमानलाई इसारा गर्दै म एकछिन उता जान्छु ल भनिन् । उसले हुन्छ भन्यो ।
उता उनीहरू हाँस्दै थिए । दैव पत्रिका पढ्दै थियो । सरुकाे साथीले अङ्ग्रेजीमा “Who is he” भनिन्, सरुले” My husband” ! सर्टकाे कठालो देखाउँदै कस्तो झुत्रे त प्वाँक भनिन् । सरुकाे अनुहार अलि मलिन भयो “ऊ यस्तै हो, मैले कति भनेको मान्दैन सरुले भनिन् । अलि बनाउनुपर्याे साथी नत्र इमेज डाउन हुन्छ ! Make him smart थपिन् ! सरु झर्किँदै छोड्दे, उसको आफ्नै दुनियाँ छ । I can’t change him भनिन् । दैव उनीहरूको कुरा सुनेर पनि नसुनेझैँ गरि पत्रिका हेर्दै थियो । वेटरले मम ल्याए । दैवले सरुलाई इसारा गर्याे । साथीलाई ल म जान्छु,सरुले भनिन् । ऊ चुरोट पिउँदै थिई, Ok जवाफ दिई ।
झर्किँदै सरुले म खान् भनिन् । किन के भयो र उसले झुत्रे भनि भनेर ! होइन ! अनि के भयो र ! मेरो लुगा हो, अरूलाई टाउको दुखे दुखाउन । म यस्तै त हुँ, दैवले भन्यो । अलिकति त मेरो ख्याल गर्नु, साथीहरूले कुरा काट्ने नबनाउनु पिलिज् सरुले भनिन् । हाँस्दै, दैवले भन्यो ल खाऊँ यस्ता नाथे कुरामा अल्झेर हुन्छ त ! आज तिमीलाई सलक्क चिटिक्क पर्ने ठाउँ लैजान्छु है त ! सरुले कहाँ सोधिन् ! खाउँन पहिला, सर्प्राइज हो के उसले भन्यो ।
खाजा खाइएर उनीहरू त्यहाँबाट निस्के ! सुन्नु न अघि कहाँ लग्छु भन्दै हुनुहुन्थ्यो सरुले भनिन् । दैवले, अँ अब त्यतै जाने हो, भन्यो । सडक जाम थियो त्यस दिन ! बल्लतल्ल जाम छिचोल्दै, दैवले बाइक पशुपति आर्यघाट नजिकै रोके । सरु झर्किँदै यहाँ किन ल्याउनु भयो । यो मान्छेले त राम्रो चिज जानेको छैन कि के हो, सरुले भनिन् । पख न पख किन हतार गरेको, थुम्को देखाउँदै उ त्यहाँ जाऊँ, त्यहाँबाट जीवन देखिन्छ, दैवले भन्यो । खै कस्तो जीवन हो यहाँबाट मात्र देखिने ? उनीहरू थुम्कामा गए, त्यहाँ लस्करै कुर्सी राखिएको थियो । सबै कुर्सी लगभग भरिएका थिए । बीचकाे भने खाली थियो । उनीहरू त्यहीँ बसे ।
तल चिहानघाटबाट चित्ताको मुस्लो थुम्कोसम्म आएको थियो । लासको गन्ध मानिसको नाकसम्म पुगेको थियो । त्यहीँ पनि सबै चिहानतिर हेरिरहेका थिए । सबै मौन थिए । त्यसदिन सबै चिहान भरिएका थिए । लासहरू सलक्क निर्वस्त्र सुतेका थिए । किनारमा प्राय सबै मानिस निराश मुद्रामा थिए । कति रुँदै थिए, कति सम्झाउँदै थिए । त्यहाँ सबै मलामीमा भने एउटा समानता थियो, त्यो समानता भनेको वास्तविकता थियो । उनीहरू जे हुन्, जे छन्, त्यहीँ भएर त्यहाँ पुगेका थिए । सरु पनि एकछिन मौन भइन् । एकहाेराे चिहानतिर हेर्दै थिइन् । उनका आँखामा आँसु देखिन्थ्यो । उनी चित्ता नम्बर १ तिर हेर्दै थिइन । मानिसहरू चिहान बनाउँदै थिए । दाउरा सार्दै थिए । किनारमा राखिएको लासलाई ८-९ वर्षको बच्चाले अङ्गगालाे हालेर रुँदै थियो । हजुरबुबा मलाई किन छाडेर जानुभएको । अब मलाई कसले चकलेट दिन्छ भन्दै थियो । उसका गाला आँखा रुँदारुँदै राता भएका थिए ।आफन्तहरू उसलाई सम्हाल्दै थिए ।
सरु के भयो, किन रोएकी ! जिन्दगीको अन्तिम सत्य र वास्तविकता यहीँ देखिन्छ । अन्तिम सत्यता र वास्तविकता यहीँ ठाउँले सिकाउँछ, त्यहीँ भएर तिमीलाई अन्तिम सत्य र वास्तविकता देखाउन यहाँ ल्याएको हुँ । तिमी मेरो लुगाप्रति सधैँ बेखुसी थियौ । साथीहरू त्यस्तै प्रतिक्रिया दिन्थे । आम मान्छेको नजर त्यस्तै थियो । तर सत्यता भ्रमभन्दा धेरै टाढा छ । भ्रम क्षणिक न हो । लुगा नक्कल सबै क्षणिक हो। हामी जतिसुकै तडकभडक गरौँ, जतिसुकै महँगा चिल्ला लुगा लगाऊँ तर अन्तिममा हेर त .. हाम्रो शरीर कति चिटिक्क र सलक्क पर्छ। आगोको रापले जतिसुकै आइरन लगाऊ, अन्तिममा शरीर खुम्चिएर नाश हुन्छ । सत्यता सलक्क पर्दैन, उसले भन्यो ।
सबै चिहानमा आगो बेस्सरी दन्केको थियो । घाटका मान्छे कपुर घ्यू लासमाथि हाल्दै थिए । घरीघरी लासलाई पल्टाउँथे । बाँसको ठण्डाले हात खुट्टा मिलाउँथ्थे । अन्तिममा छातीको अस्तु जो बचाउनु थियो । लास आफ्नै गतिमा जल्दै थिए । छेउमा केही मानिस लासबाट लुगा निकालिँदै थिए । नदी लुगाले ढपक्क ढाकिएको देखिन्थ्यो । मानिस सबै भुलेर रुदैं थिए ! आफन्तलाई सम्झाउँदै आफू पनि सुकसुक गर्दै थिए । आखिर सत्य जल्दै थियो ! अन्तिम वास्तविकता आगोको रापसँग झल्किएको थियो । सरु मौन थिइन्, दैव मौन थियो ।
https://t.me/s/TopTg777_1xbet
It has also shown promise of therapeutic when added to ingesting
water given to rodents similar to rats that had
damage to their medial collateral ligaments. To get a drug FDA approved,
an organization must conduct part 1, 2 and 3 medical trials proving security and efficacy of
the compound via a laborious, multi year and intensely expensive course
of. The drug must be proven to work for a
selected illness indication to get approval, whereas BPCs results seem to be pleiotropic and the research can not seem to give consideration to one, singular
disease case to give attention to. This oral supply technique makes
Healthletic BPC-157 perfect for wellness routines focused on gut well being, joint support, and muscle recovery—all without the
necessity for needles or prescriptions.
Most medical specialists suggest waiting for correct medical trials earlier than considering
use. These alternatives have better safety profiles
and regulatory approval. The peptide might cut back inflammation without blocking
the signals your muscles have to develop. Extra collagen means stronger,
extra flexible connections between muscles and bones. This means your muscles become significantly better
at utilizing the growth hormone your body already makes.
There are quite a few references, both on-line and in printed scientific studies, to BPC 157 being safe and/or efficient in medical trials of inflammatory bowel illness (IBD).
However, results from such studies do not seem to have been published or peer-reviewed.
Lastly, it could enhance the production of nitric oxide (NO), which lowers blood
strain and helps to reduce back the results
of excessive potassium ranges [15, 16].
Scientists first discovered this compound while learning stomach protection. Now
researchers are exploring the method it might assist with
muscle progress and tissue repair all through the body.
Analysis suggests BPC-157 might help velocity up wound therapeutic, improve digestive well being,
and support recovery from injuries to tendons, ligaments, and muscle tissue.
BPC-157 is a great choice to use together with other treatments to
enhance and boost the outcomes you get. It is a
component sequence of body safety compounds that comes from the human gastric juice.
By modulating this axis, BPC-157 helps regulate digestion, nutrient absorption, and overall gut well being.
Once it has been reconstituted into a solution, the
recommendation is usually to make use of it within a particular timeframe, typically cited as
one to a few months. Nevertheless, it is essential to verify the specifics from the provider or product info, as different formulations could have varying stability timelines.
BPC 157 can typically be stored within the refrigerator for several weeks to
a few months, relying on its kind and the specific instructions from the manufacturer.
Generally, unconstituted BPC 157 in powder kind has an extended shelf life, typically maintained successfully at refrigerated temperatures as a lot as a yr or more.
Numerous elements affect the absorption of BPC-157, together with the administration method, compound interactions, security
issues, and general bioavailability of the peptide. BPC-157 has the potential to be
a promising therapy for quite lots of muscle-related circumstances.
Extra research is required to verify its efficacy and security associated
to these findings. The dosage and administration of BPC-157 for muscle growth have not been established, and extra
analysis is required on this space.
It’s also worth noting that anecdotal accounts not often report critical opposed effects when bpc 157 reviews-157 is used responsibly.
Making Certain proper handling, adherence to dosing protocols, and use of sterile injection supplies can decrease dangers.
Consulting a healthcare professional or certified researcher is strongly beneficial for experimental applications.
Preclinical research recommend that BPC-157 has a favorable security profile.
The peptide appears to speed up therapeutic of muscle tears
and strains significantly[3]. Research present BPC 157 can improve
growth hormone receptor expression by up to 7 occasions in just three
days[2]. Muscle development and recovery have at all times been top
priorities for health enthusiasts.
For athletes and active individuals, microtears,
sprains, and connective tissue fatigue are unavoidable.
For older adults, joint stiffness and soreness can turn into a every day battle.
Sadly, the healing course of — significantly for tendons and ligaments — may be frustratingly gradual.
Traditional over-the-counter options like NSAIDs or topical
lotions might provide short-term aid, but they rarely tackle the underlying issues.
Over time, these approaches can include their own drawbacks, similar to intestine lining
harm or liver stress.
dianabol only cycle reddit
References:
Valley.Md
dianabol and winstrol cycle
References:
dianabol deca test cycle – Junior –
dosage of hgh for bodybuilding
References:
wehrle
corticosteroids side effects long term
References:
best online steroid pharmacy (beatsong.app)