काठमाडौं: विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले ४ स्थान सुधार गरेको हो ।
नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा छ । यसअघि नेपाल १ सय ३औं स्थानमा थियो । एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली (साफ) राष्ट्रमा भने दोस्रो स्थानमा यथावत छ ।
नेपालले पछिल्लोपटक फागुन १४ घरेलु मैदानमा सम्पन्न फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपमा ४ खेल खेलेको थियो ।
नेपालले फाइनलसहित म्यानमारसँग २ र लेवनान र किर्गिस्तान रिपब्लिकसँग खेलेको थियो । लेबनान र किर्गिस्तान समान १–० ले हराएको नेपालले म्यानमारलाई लिग चरणमा २–२ गोलको बराबरीमा रोक्दा फाइनलमा भने २–० ले पराजित हुन भएको थियो ।
फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको च्याम्पियन म्यानमार ५५औं स्थानमा यथावत छ । विश्व वरीयतामा ६९औं स्थानमा रहेको भारत दक्षिण एसियामा शीर्षमा छ । एक स्थान सुधार गरेको भुटान १ सय७१औं स्थानमा छ ।
विश्व वरीयतामा शीर्ष चारसम्म कुनै परिवर्तन भएको छैन । अमेरिका शीर्ष स्थानमा यथावत छ । स्पेन, जर्मनी र इंग्ल्यान्ड क्रमशः दोस्रोबाट चौथो स्थानमा यथावत छ ।
तीन स्थान सुधार गर्दै जापान शीर्ष पाँचमा पुगेको छ । स्विडेन, क्यानडा र ब्राजिल एक स्थान तल झर्दै छैटौं, सातौं र आठौं स्थानमा छ । उत्तर कोरिया नवौं र नेदरल्यान्ड्स शीर्ष १० मा रहेको छ ।
https://t.me/s/TopTg777_Fresh
how to cycle dianabol
References:
dianabol cycle length (skitterphoto.com)
first dianabol cycle
References:
beginner dianabol Cycle (pad.stuve.Uni-ulm.de)
hgh hormone injection side effects
References:
test and Hgh cycle dosage (https://ualam.com)
medicinal steroids side effects
References:
athletes using steroids articles (https://sound.floofbite.com/dedrafergerson)