साँखुमा अनियन्त्रित टिपर घरभित्र पस्दा सुतिरहेकै अवस्थामा ३ जनाको मृत्यु

काठमाडौं : साँखुको अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। आज  बिहान ३:४० मा अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ छिर्दा उक्त घटना भएको साँखु प्रहरीले जनाएको छ।  

टिपरको ठक्करबाट  २१ वर्षीय आकाश, २१ कै सुमन, ४५ वर्षीय हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।

शंखरापुर नगरपालिका-६ साँखु सलम्बुटार स्थितमा साँखु ब्रमखेल सडक खण्डमा सिन्धुपाल्चोक मेलम्ची-१२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर अनियन्त्रि भइ छिरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन्। 

उक्त अनाथालय युबराज थापाले संचालन गरेका हुन्। द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा जम्मा ६१ जना बस्दै आएका थिए। टिपरले छिरेको कोठामा १० जना सुतिरहेका थिए। 

उनीहरुको यो नाम संस्थाले नै राखेको नाम हो। उनीहरुको अन्य विवरण नखुलेको प्रहरीको भनाइ छ। उनीहरु टिपरको ठक्करबाट घाइते भएका थिए तत्काल उपचारको लागी नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएको थियो। तीनै जनालाई अस्पतालले मृत घोषणा गरेको हो।

टिपर र चालकलाई हाल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

14 thoughts on “साँखुमा अनियन्त्रित टिपर घरभित्र पस्दा सुतिरहेकै अवस्थामा ३ जनाको मृत्यु”

Tesamorelin+aod 9604+Ipamorelin+cjc 1295’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ