बलुचिस्तानमा अपहरण भएको रेल सेनाको ३६ घण्टे अपरेसन पछि मुक्त

इस्लामाबाद । पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा भएको रेल अपहरणपछि सुरक्षा बलको कारबाही समाप्त भएको जनाएको छ । यस कारबाहीमा सबै अतिवादीहरू मारिएको सेनाको दाबी छ । सैन्य कारबाहीमा ३३ जना अतिवादी मारिएको बताइएको छ ।  

बीबीसी उर्दूका अनुसार आईएसपीआरका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफले एक निजी टेलिभिजन च्यानलसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् । प्रवक्ताले यस अपरेसनको क्रममा कुनै पनि यात्रुको मृत्यु नभएको बताएका छन् ।

यद्यपि, उनले सेनाको अपरेसन सुरु हुनुभन्दा पहिले अतिवादीहरूले २१ जनाको हत्या गरेका बताएका छन् । 

पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ता तरारले रेलमा जम्मा ४४० यात्रु रहेको र तीमध्ये धेरैलाई बन्धक बनाइएको बताएका छन् । उद्धार कार्य ३६ घण्टासम्म चलेको थियो । 

उनले पाकिस्तानी सेनाले सावधानी र कुशलताका साथ कारबाही गरेको बताउँदै भने, “जसका कारण कारबाहीको क्रममा कुनै पनि बन्धकलाई क्षति पुगेन ।” बीबीसी 

15 thoughts on “बलुचिस्तानमा अपहरण भएको रेल सेनाको ३६ घण्टे अपरेसन पछि मुक्त”

wehrle’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ