ज्ञानेन्द्र शाहीलाई संसदमा बेबकुफ कुरा नगर्न रघुजीकाे सुझाव

काठमाडौं : नेकपा एमाले सांसद रघुजी पन्तले राजा किन चाहियो ? भन्दै प्रश्न गरेका छन्।  आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको बताएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आपत्ती जनाउँदा भनाभन समेत भएको छ।

सांसद  पन्त बोल्दै गर्दा बीचमा उठेर राप्रपा सांसद शाहीले आपत्ती जनाएपछि सभामुखले समय लिएर बोल्न आग्रह गरे। तर,सांसद शाहीले नमानेपछि सांसद पन्तले आफ्नो समयमा बोल्न आग्रह  गरे। 

त्यसपछि शाहीले नमानेपछि पन्तले इतिहास पढेर आफूसँग बहस गर्न आउन चेतावनी समेत दिए। ‘मसँग बहस गर्ने हो भने इतिहास पढेर आउनुहोस्। मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस्,’उनले भने।

उनले नेपालको संविधानले राजतन्त्र नचिन्ने बताए। उनले भने,’ अहिले संविधानले राजतन्त्र चिन्दैन। त्यसैले संसदमा यस विषयमा छलफल गर्न पाइँदैन। राजतन्त्र इतिहासको विषय भइसक्यो।’
उनले राजतन्त्र ल्याउने संघर्षका लागि सडकमा उत्रिने वातावरण नबनाउन चेतावनी समेत दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ