Nepal Viral
अप्रिल 28, 2025

सविन महर्जनलाई गाेली लागेको पुष्टि

काठमाडौं ।राजावादीको प्रदर्शनका क्रममा शुक्रबार मृत्यु भएका कीर्तिपुरमा २९ वर्षीय सविन महर्जनलाई गोली लागेको पुष्टि भएको छ । उनको शुक्रबारै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो । मंगलबार पोस्टमार्टम गर्दा उनलाई एक गोली लागेको पुष्टि भएको हो । पाेस्टमार्टमपछि शव अस्पतालले परिवारको जिम्मा लगाएको छ ।

महर्जनको पोस्टमार्टम भए पनि सोही दिन आगलागी भएको भवनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको भने पोस्टमार्टम हुन सकेको छैन ।  रजकलाई गोली लागेको हल्ला फैलिएको थियो ।

तर, प्रहरीले पोस्टमार्टम नै नभएकाले भ्रममा नपर्न भन्दै अपिल जारी गरेको थियो । उता महाराजगञ्जक चिकित्सकहरूले पोस्टमार्टम गर्नुअघि रजकको शवको एक्स–रे गर्नुपर्ने बताएको चर्चा छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ