Nepal Viral
सेप्टेम्बर 1, 2025

स्थगित माओवादीको जागरण अभियान पुन: सुरू

काठमाडौं।नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पुनः सुरू भएको छ। फागुन १२ गतेदेखि सुरू भएको जागरण अभियान बीचमा दुई पटक स्थगित गरिएको थियो। बुधबार चैत  २० गतेबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेबाट पुनःअभियान सुरू गरेका हुन्।

अभियान नवलपरासीबाट सुरू गर्ने भनिएको थियो। यद्यपि अनेमसंघ क्रान्तिकारीको लुम्बिनी प्रदेश दोस्रो सम्मेलनको बुधबार उद्घाटनपछि प्रचण्डले जागरण अभियान पनि बाँकेबाटै सुरू हुने बताएका हुन्।

अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो। त्यसपछि चैत ६ गते पुनः सुरू भएको जागरण अभियान चैत ११ गते स्थगित भएको थियो।

One thought on “स्थगित माओवादीको जागरण अभियान पुन: सुरू”

Https://Ansgildied.Com/User/Armyrayon79’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ