Nepal Viral
अप्रिल 28, 2025

हावाहुरी तथा मौसमका कारणले छोटो समय बिजुली गएकोलाई लोडसेडिङ  भन्न नमिल्ने; नेपाल विद्युत् प्राधिकरण

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले हावाहुरी तथा मौसमका कारणले छोटो समय बिजुली गएकोलाई लोडसेडिङ  भन्न नमिल्ने दाबी गरेको छ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भनेर सामाजिक सञ्जालमा अतिरञ्जित र भ्रामक समाचार फैलाइएको बताएको छ।

‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मनसुनका कारण सिर्जना भएको प्रतिकूल मौसमले छोटो समय विद्युत् सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनी अतिरञ्जित र भ्रामक भनाइ सामाजिक सञ्जालमा व्यक्त हुँदै आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अवरुद्ध भएका ठाउँमा विद्युत सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको र अधिकांश ठाउँमा आपूति भइसकेको प्राधिकरणको सूचनमा उल्लेख छ।

कुनै ठाउँमा विद्युतीय संरचनामा क्षति पुगेको पाइए प्राधिकरणका सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन आग्रह गरिएको छ।

3 thoughts on “हावाहुरी तथा मौसमका कारणले छोटो समय बिजुली गएकोलाई लोडसेडिङ  भन्न नमिल्ने; नेपाल विद्युत् प्राधिकरण”

Lee1910’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ