Nepal Viral
अक्टोबर 12, 2025

प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार


बुटवल । बुटवल उपमहानगरपालिका बुद्धनगरमा आज बिहान गोली प्रहारबाट गम्भीर घाइते भएकी टीका विष्टको रुपन्देहीमा उपचार नभएपछि चितवन पठाइएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्ध नगरमा होटेल सञ्चालन गर्दै आएकी २९ वर्षीय युवतीलाई एक युवकले गोली प्रहार गरी घाइते बनाएका थिए ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन रिफर गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए ।

घटनालगत्तै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि भैरहवा र यहाँ गोली निकाल्न सकिएपछि साढे ४ बजेतिर भैरहवाबाट चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

पाल्पाबाट बुटवल–११ बुद्धनगर आएर केही समयदेखि विष्टले खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । सधैँजस्तै आज शनिबार बिहान पनि पसल खोलेर सरसफाइ गर्न थालेकी विष्टलाई बिहान ९ बजेतिर भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवकले गोली हानेका थिए ।

त्यसपछि स्थानीय जम्मा भएर हल्लाखल्ला गरेका थिए । गोली प्रहार गरेका युवक तत्काल भाग्न भ्याए । विष्टलाई कम्मरमाथि गोली लागेको छ । गोली प्रहार गर्ने भारतीय नागरिक आलम अन्सारी रहेको प्रहरीले खुलाएको छ ।

विष्ट र ती भारतीय केही समयअघिदेखि प्रेम सम्बन्धमा रहेका खुलेको छ । आफूसँग बिहे नगरे विभिन्न धम्की दिँदै विष्टलाई हतियारको पनि तस्बिर पठाउने गरेका थिए । अन्सारी २३–२४ वर्षका र विष्ट २९ वर्षका हुन् । प्रहरीले आमलको ठेगाना अझै स्पष्ट नभएको बताएको छ । इलाका प्रहरी कार्यालय बुटवल डीएसपी इन्द्र बहादुर रानाले आलमले विष्टलाई बिहे नगरे जे पनि गर्ने भन्दै धम्काएका अनुसन्धानबाट खुलेको बताएका छन् ।

स्थानीयका अनुसार ती भारतीय युवक र विष्टबिच केही समय पहिला भनाभनसमेत भएको थियो । गोली प्रहारबाट ती युवा भारततर्फ भाग्न सक्ने भएकाले सीमानाकामा कडा निगरानी राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा एसपी रञ्जित सिंह राठौरले बताए ।

प्रहरीले युवकको तस्बिरसमेत भेट्टाएको छ ।

48 thoughts on “प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार”

PPC Agency London, PPC Company London, Best PPC Agency London’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ