Nepal Viral
अप्रिल 29, 2025

राप्रपाकाे विरोध प्रदर्शनलाई आन्दोलनरत शिक्षकको सहयोग, १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान

काठमाडौं। जारी रहेको शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि नै शुरु हुने भएको छ ।

राप्रपाको प्रदर्शनलाई दृष्टिगत गर्दै आज शिक्षक आन्दोलनको दैनिक तालिका अगावै प्रदर्शन हुने भएको हो । शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ ।

आज बिहान ९ बजेदेखि नै उक्त सडक खण्ड अवरुद्ध हुँदा कार्यालय समयको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहानदेखि नै नयाँ बानेश्वर-माइतीघर सडकको डाइभर्सन गरिने भएको छ । उक्त रुटको विकल्पमा हनुमानस्थान-थापागाउँ खण्ड प्रयोग गरिने ट्राफिक कार्यालय स्रोतले जनायो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ