Nepal Viral
सेप्टेम्बर 1, 2025

इसाई धर्मगुरु पोप फ्रान्सिसको निधन

काठमाडौं । इसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा निधन भयो। भ्याटिकनले उनको मृत्युको पुष्टि गरेको छ। उनी लामो समयदेखि बिरामी थिए।

सोमबार भ्याटिकनले एक विज्ञप्ति जारी गर्दै उनी रोमन क्याथोलिक चर्चको सदस्यको रूपमा राज्याभिषेक हुने पहिलो ल्याटिन अमेरिकी भएको बताएको छ।

उनको दुवै फोक्सोमा निमोनिया थियो, जसका कारण उनको अवस्था गम्भीर रह्यो। उनी लामो समयदेखि अस्पतालमा थिए। उनी ३८ दिन अस्पतालमा थिए र हालसालै अस्पतालबाट डिस्चार्ज भएका थिए।

भ्याटिकन कार्डिनल केभिन फारेलले पोप फ्रान्सिसको सम्पूर्ण जीवन ईश्वरको सेवामा समर्पित रहेको बताए।

5 thoughts on “इसाई धर्मगुरु पोप फ्रान्सिसको निधन”

md.kif.rocks’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ