सरकारले दिएको अन्तिम समयसीमामा पनि सामाजिक सञ्जाल कम्पनीहरूले दर्ता गर्न अटेर गरे कहिले बन्द गर्दैछ सरकार?

काठमाडौँ- सरकारले दिएको अन्तिम समयसीमामा पनि सामाजिक सञ्जाल कम्पनीहरूले दर्ता गर्न अटेर गरेका छन्। वैशाख ७ गतेसम्म नेपालमा चल्ने सबै सामाजिक सञ्जाल दर्ता गरिसक्न सरकारले आह्वान गरेको र दर्ता नभए बन्द गर्ने चेतावनी दिएको सरकारलाई सामाजिक सञ्जाल कम्पनीहरूले बेवास्ता गरेका हुन्।

सरकारले तोकेको समयसीमामा एउटा पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा सहभागी नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार दर्ता प्रक्रियामा सहभागी नभएका सामाजिक सञ्जाललाई चल्न दिने या नदिने भन्ने विषयमा सरकारले निर्णय गर्नेछ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा फेसबुक, इन्स्टाग्राम, थ्रेड्ससँगै एक्स (ट्विटर), युट्युब, गुगल, लिंक्डइनजस्ता सामाजिक सञ्जाल प्लेटफर्मले नेपालमा सूचीकृत हुनुपर्ने व्यवस्था छ। यसअघि नै टिकटक र भाइबर भने दर्ता प्रक्रियामा सहभागी भएका छन्।

सूचीकृत हुन नआउने कम्पनीलाई नेपालमा चल्न नदिने भन्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक रूपमै चेतावनीसमेत दिएका थिए। तर उनको चेतावनीलाई सामाजिक सञ्जाल कम्पनीहरूले अवज्ञा गरेका हुन्।

शुक्रबार काठमाडौँमा सञ्चारिका समूह नेपालको ९औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्मले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने जिकिर गरेका थिए।

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद दिएर सूचना पठाएको थियो। सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभई नियमनको दायरामा ल्याउन निर्देशिका लागू गरिएको मन्त्र मन्त्री गुरुङको भनाइ थियो।

प्रविधिको दुरुपयोग गर्दै मुलुक, राजनीतिक दलका साथै जनतालाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकार गम्भीर भएर यसलाई रोक्न दर्ता प्रक्रियामा जानुपरेको सरकारको दाबी छ।

सरकारले फेसबुक, म्यासेन्जर, ह्वाटस् एप र थ्रेडको मातृ कम्पनी मेटाका प्रतिनिधिसँग दर्ताका विषयमा छलफल भइरहेको जिकिर गरेपनि उसले पनि दर्तामा आउन कुनै प्रक्रिया अपनाएन।

नेपालमा दर्ताविना नै म्यासेन्जर, थ्रेडस्, फेसबुक, ह्वाट्सएप, वी च्याट, स्नापच्याट, टेलिग्राम, इन्स्ट्राग्राम, युट्युब, एक्स अर्थात (ट्विटर), नेटफ्लिक्स, लिंक्ड-इन, डिस्कोर्ड, र रेडडिटजस्ता प्लेटफर्म सञ्चालनमा छन्।

सामाजिक सञ्जाल, इन्टरनेट प्रयोग, मोबाइल कनेक्टिभिटी तथा डिजिटल ट्रेन्डका बारेमा अध्ययन गर्ने डाटा रिपोर्टलका अनुसार नेपालमा सन् २०२५ को सुरुवातसम्म १ करोड ४३ लाख भन्दा बढीले फेसबुक चलाउँछन्। इन्स्टाग्राम चलाउनेको सङ्ख्या ४२ लाख छ। ह्वाट्एसप चलाउनेहरु ५० लाख हारहारीमा छन्। ट्विटर चलाउनेको सङ्ख्या ४३ लाख हाराहारीमा रहेको बताइएको छ।

सामाजिक सञ्जाल र डिजिटल सेवामार्फत राजस्व संकलन गर्ने सम्भावना अत्यन्तै उच्च छ। सरकार यिनीहरूबाट २ प्रतिशत सेवा कर संकलन गर्न पहल थालेको छ।

2 thoughts on “सरकारले दिएको अन्तिम समयसीमामा पनि सामाजिक सञ्जाल कम्पनीहरूले दर्ता गर्न अटेर गरे कहिले बन्द गर्दैछ सरकार?”
  1. Официальный Telegram-канал 1 Вин казино.
    Наибольшее популярное онлайн-казино и ставки от 1 Вин. Имеется текущее актуальное зеркало официального сайта ван вин, работающее повсюду.
    Проходи регистрацию на платформе, выполняй вход в один вин, получай щедрые бонусы с помощью промокода и тут же запускай веселиться.
    Наслаждайтесь колоссальным выбором игровых автоматов, популярными спортивными ставками и замечательными конкурсами с крупными выигрышами. Делайте частью крупной международной платформы и открывайте мир удовольствий вместе с 1win!
    Главные акции, бонусные программы и комфортные условия ведения игры ждут вас уже сейчас. Начинайте, определите игры и делайте ставки, испытывая истинные эмоции и поднимающее настроение!
    Только что оценили удобство и привлекательность платформы? Поделитесь друзьям и знакомым, поделитесь радостью крупного выигрыша или бесплатными бонусами. Приходите, играйте и наслаждайтесь на канале Telegram 1win!
    https://t.me/s/TopTg_1WIN/1340

CasinorBeply’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ