मिमबहादुर परियार
जन्म लिइसकेपछि कुनै कालखण्डमा बिरामी हुनु अस्वभाविक हाेइन । अहिलेकाे खानपिन , प्रदुषण , तनाव , वंशाणु गुण आदिले मानिस अस्पताल नगइ सुखै छैन । अस्पताल जानु आफैंमा नराम्रो हुँदैहाेइन । अस्पताल अहिलेका मानिसको जीवन रक्षा केन्द्र हाे । मानिसको पीडाको सारथी हाे ।
अस्पताल बस्नु , सामान्य भाषामा भर्ना हुनु भनेको डाक्टरकाे निगरानीमा स्वास्थ लाभका लागि उपचार गराउनु हाे । हाम्रो समाजमा अस्पताल भर्ना भएको थाहा हुने बित्तिकै नजिकका आफन्त साथी भेट्न , साेधपुछ गर्न जाने गर्छन् । तथापि मानिसका अनेक चरित्र हुन्छन् । जसकारण ठाउँ र अवस्थाअनुसार विपरीत गतिविधि मानिसहरू गरिरहेका हुन्छन् । उदाहरणका लागि , जन्ती जाँदा त्यहाँको माहोलअनुसार जन्त जानेहरु तयार हुनुपर्छ । जन्त भन्नेबित्तिकै नाचगान , उत्सव , उत्साह इत्यादि हुनुपर्छ । त्यहाँको माहोलकाे विशेषता नै उत्सव हाे । यदि कसैले जन्ती रुने , चिच्याउने , काम गर्छ भने त्यस्ताे गतिविधिलाई प्रतिकुल मानिन्छ । त्यस्तै मलामी जानेहरुमा शाेक भाव हुनुपर्छ । शाेक वा शाेक सभामा कसैले नाच्छ , गाउ छ भने उक्त व्यक्तिकाे आचरणलाई राम्रो मानिँदैन । उसलाई अनुशासनहिनकाे उपमा दिने अनेक ठाउँ हुन्छन् । त्यसकारण व्यक्तिले सदैब अवस्थाअनुसार साेच विचार गरी काम गर्नुपर्छ । अन्यथा जुन व्यक्ति समस्याबाट गुज्रिरहेकाे हुन्छ उसलाई थप समस्या पर्नसक्छ । नराम्रो लाग्नसक्छ ।
मुख्यतः अस्पताल जस्तो संवेदनशील ठाउँमा जाँदा , भेट्न जाने व्यक्ति एकदम सचेत हुनुपर्छ । उसमा सहानुभूतिभन्दा समानुभूति भाव हुन आवश्यक छ । पंक्तिकारले अस्पतालमा भेट्न जाँदा गर्नुहुने र गर्ननहुने केही बुँदा निम्नअनुसार प्रस्तुत गरेका छन् :
अस्पतालमा भेट्न जाँदा केके गर्ने
१. अस्पतालमा बिरामी भेट्न जाँदा,सक्नुहुन्छ भने सकारात्मक उर्जा लिएर जानुहाेस् । तपाईंका केही शब्दले बिरामी र उसको आफन्तलाई थप शक्ति मिल्नेछ । उसको पीडामा मलमकाे काम गर्नेछ ।
२. बिरामीलाई राेगबाट मुक्त भएका मानिसहरूकाे उदाहरण दिनुहाेस् । संसारमा भएका चमत्कारकाे तथ्य सुनाउनुहाेस् । हाैसला दिनुहोस् । ताकि मनाेवैज्ञानिक हिसाबले ऊ बलियो बन्न सकाेस् ।
३. अस्पताल छिनछिनमै खर्च गर्नुपर्ने ठाउँ हाे । कहिलेकाहीँ बिरामीसँग खर्च कम पर्नसक्छ । पैसाको अभाव हुनसक्छ । औंसत नेपालीको आर्थिक अवस्था कमजोर नै हुन्छ । यस्तो बेला उहाँहरूलाई सक्नुहुन्छ भने आर्थिक सहयोग गर्नुहाेस् ।
४. बिरामीसँग चिनजान राम्रै छ भने , संगत पुरानै हाे भने ,विगतका रमाइला किस्साहरु सुनाउनुहाेस् । यसले पनि माहोल परिवर्तन गर्न मद्दत गर्दछ ।
५. बिरामीलाई तिम्रो पछाडि सदैब म छु । हामी वर्तमान अवस्थालाई जित्छाैं भन्नु ,यसले पनि थाेरबहुत औंषधिकाे काम गर्छ ।
बिरामी भेट्न जाँदा केके नगर्ने
१. बिरामीको अगाडि थप कमजोर बनाउन कुरै नगर्नु । भय डरत्रास, बिचरा , कति दुख: भयो जस्ता शब्द भुलेर पनि नभन्नु । यस्ताे हाउभाउले बिरामीलाई भाइसकाे काम गर्छ ।
२.बिरामीको अगाडि आफ्नो व्यक्तिगत कुरा नगर्नु , अझ वाइयात कुरा नगर्नु । यस्ता कुरा सकभर आफैंसँग राख्नु । बिरामीलाई हाैसलाकाे खाँचो छ । नकि वाइयात गफकाे ।
३. बिरामीलाई झिजाे लाग्ने कुनैपनि गतिविधि नगर्नु । हाेहल्ला नगर्नु , अनुशासित भएर बस्नु ।
४. बजारका पत्रु खाना लिएर नजानु ।
५. नकारात्मक साेच बिचार लिएर नजानु ।
अन्ततः बिरामीलाई साेधपुछ वा भेट्न जाँदा औंपचारिकताभन्दा हाैसल, साथ , सहयोगकाे खाँचो छ । तपाईं हाम्रो ससाना कामले बिरामी र उसको आफन्तलाई छाेट पुग्नसक्छ । त्यसकारण बिरामी भेट्न जाँदा अलिक सचेत एवम् समानुभूति हुन आवश्यक छ ।
