Nepal Viral
सेप्टेम्बर 14, 2025

अस्पतालमा बिरामी भेट्न जाँदा के गर्ने, के नगर्ने

मिमबहादुर परियार


जन्म लिइसकेपछि कुनै कालखण्डमा बिरामी हुनु अस्वभाविक हाेइन । अहिलेकाे खानपिन , प्रदुषण , तनाव ,  वंशाणु गुण आदिले मानिस अस्पताल नगइ सुखै छैन । अस्पताल जानु आफैंमा नराम्रो हुँदैहाेइन । अस्पताल अहिलेका मानिसको जीवन रक्षा केन्द्र हाे । मानिसको पीडाको सारथी हाे ।


अस्पताल  बस्नु , सामान्य भाषामा भर्ना हुनु भनेको डाक्टरकाे निगरानीमा स्वास्थ लाभका लागि उपचार गराउनु हाे । हाम्रो समाजमा अस्पताल भर्ना भएको थाहा हुने बित्तिकै नजिकका आफन्त साथी भेट्न , साेधपुछ गर्न जाने गर्छन् । तथापि मानिसका अनेक चरित्र हुन्छन् । जसकारण ठाउँ र अवस्थाअनुसार विपरीत गतिविधि मानिसहरू गरिरहेका हुन्छन् । उदाहरणका लागि , जन्ती जाँदा त्यहाँको माहोलअनुसार जन्त जानेहरु तयार हुनुपर्छ । जन्त भन्नेबित्तिकै नाचगान , उत्सव , उत्साह इत्यादि हुनुपर्छ । त्यहाँको माहोलकाे विशेषता नै उत्सव हाे । यदि कसैले जन्ती रुने , चिच्याउने , काम गर्छ भने त्यस्ताे गतिविधिलाई प्रतिकुल मानिन्छ । त्यस्तै मलामी जानेहरुमा शाेक भाव हुनुपर्छ । शाेक वा शाेक सभामा कसैले नाच्छ , गाउ छ भने उक्त व्यक्तिकाे आचरणलाई राम्रो मानिँदैन । उसलाई अनुशासनहिनकाे उपमा दिने अनेक ठाउँ हुन्छन् ।  त्यसकारण व्यक्तिले सदैब अवस्थाअनुसार साेच विचार गरी काम गर्नुपर्छ । अन्यथा जुन व्यक्ति समस्याबाट गुज्रिरहेकाे हुन्छ उसलाई थप समस्या पर्नसक्छ । नराम्रो लाग्नसक्छ ।

मुख्यतः अस्पताल जस्तो संवेदनशील ठाउँमा जाँदा , भेट्न जाने व्यक्ति एकदम सचेत हुनुपर्छ । उसमा सहानुभूतिभन्दा समानुभूति  भाव हुन आवश्यक छ । पंक्तिकारले अस्पतालमा भेट्न जाँदा गर्नुहुने र गर्ननहुने केही बुँदा निम्नअनुसार प्रस्तुत गरेका छन् :
अस्पतालमा भेट्न जाँदा केके  गर्ने

१. अस्पतालमा बिरामी भेट्न जाँदा,सक्नुहुन्छ भने सकारात्मक उर्जा लिएर जानुहाेस् । तपाईंका केही शब्दले बिरामी र उसको आफन्तलाई थप शक्ति मिल्नेछ । उसको पीडामा मलमकाे काम गर्नेछ ।

२. बिरामीलाई राेगबाट मुक्त भएका मानिसहरूकाे उदाहरण दिनुहाेस् । संसारमा भएका चमत्कारकाे तथ्य सुनाउनुहाेस् । हाैसला दिनुहोस् । ताकि मनाेवैज्ञानिक हिसाबले ऊ बलियो बन्न सकाेस् ।

३. अस्पताल छिनछिनमै खर्च गर्नुपर्ने  ठाउँ हाे । कहिलेकाहीँ बिरामीसँग खर्च कम पर्नसक्छ । पैसाको अभाव हुनसक्छ । औंसत नेपालीको आर्थिक अवस्था कमजोर नै हुन्छ । यस्तो बेला उहाँहरूलाई सक्नुहुन्छ भने आर्थिक सहयोग गर्नुहाेस् ।

४. बिरामीसँग चिनजान राम्रै छ भने , संगत पुरानै हाे भने ,विगतका रमाइला किस्साहरु सुनाउनुहाेस् । यसले पनि माहोल परिवर्तन गर्न मद्दत गर्दछ ।

५. बिरामीलाई तिम्रो पछाडि सदैब म छु  । हामी वर्तमान अवस्थालाई  जित्छाैं भन्नु ,यसले पनि थाेरबहुत औंषधिकाे काम गर्छ ।

बिरामी भेट्न जाँदा केके नगर्ने

१. बिरामीको अगाडि थप कमजोर बनाउन कुरै नगर्नु । भय डरत्रास,  बिचरा , कति दुख: भयो जस्ता शब्द भुलेर पनि नभन्नु । यस्ताे हाउभाउले बिरामीलाई भाइसकाे काम गर्छ ।

२.बिरामीको अगाडि आफ्नो व्यक्तिगत कुरा नगर्नु , अझ वाइयात कुरा नगर्नु । यस्ता कुरा सकभर आफैंसँग राख्नु । बिरामीलाई हाैसलाकाे खाँचो छ । नकि वाइयात गफकाे ।

३. बिरामीलाई झिजाे लाग्ने कुनैपनि गतिविधि नगर्नु । हाेहल्ला नगर्नु , अनुशासित भएर बस्नु ।

४. बजारका पत्रु खाना लिएर नजानु ।

५. नकारात्मक साेच बिचार लिएर नजानु ।

अन्ततः बिरामीलाई साेधपुछ वा भेट्न जाँदा औंपचारिकताभन्दा हाैसल, साथ , सहयोगकाे खाँचो छ । तपाईं हाम्रो ससाना कामले बिरामी र उसको आफन्तलाई छाेट पुग्नसक्छ । त्यसकारण बिरामी भेट्न जाँदा अलिक सचेत एवम् समानुभूति हुन आवश्यक छ ।

15 thoughts on “अस्पतालमा बिरामी भेट्न जाँदा के गर्ने, के नगर्ने”

cjc 1295 ipamorelin before and after male’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ