राज्यको जिम्मेवार पदमा बसेका व्यक्तिले सार्वजनिक यातायात चढ्नु राम्रो अभ्यास


काठमाडाैँ- निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्री विद्या भट्टराईले सफा टेम्पाे चढेर यात्रा गरिरहेकाे तस्विर यतिवेला भाइरल भइरहेकाे छ। सार्वजनिक यातायातमा यात्रा गरिरहेकी सांसद भट्टराईकाे यात्रालाई कसैले स्टन्ट भनेका छन् कसैले उनकाे बाध्यताकाे रूपमा चर्चा गरेका छन्। 

सामाजिक सञ्जालमा उनले सफा टेम्पो चढेर यात्रा गरिरहेको तस्वीरहरू यत्रतत्र भेटिन थालेका छन्।

गत ८ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी भट्टराईसँग निजी सवारी साधन छैन। राजीनामा दिएकै दिन मन्त्री क्वाटर छाडेकी उनले संसद भवन जान सफा टेम्पाे प्रयाेग गरेकी हुन्।  आइतबारको संसद् बैठकमा सहभागी हुन आउने क्रममा पनि उनी चाबहिलबाट टेम्पो चढेरै नयाँ बानेश्वरसम्म पुगेकी थिइन्।

उनले राजीनामा गरेकै दिन सरकारले उपलब्ध गराएको सवारी र सुरक्षाकर्मी छाडिसकेकी थिइन्। त्यसयता घरबाट बाहिर निस्कंदा सधैँ सार्वजनिक यातायात प्रयोग गर्ने गरेको उनकाे भनाइ छ।उनले आफूले टेम्पो चढेकै कुरा समाचारको विषय बन्न नपर्ने पनि बताएकी छन्। ‘यो समाचार बन्नुपर्ने विषय हो जस्तो लाग्दैन, म सँग निजी सवारी साधन नभएपछि टेम्पो चढ्ने गरेको हुँ,’ भट्टराईले भनिन्।

०८१ असार ३१ गते मन्त्री नियुक्त भएकी भट्टराई कास्की क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

14 thoughts on “राज्यको जिम्मेवार पदमा बसेका व्यक्तिले सार्वजनिक यातायात चढ्नु राम्रो अभ्यास”

sermorelin / ipamorelin / cjc1295 500/250/100Mcg rdt’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ