मिम बहादुर परियार

मैले कहिल्यै थाहा पाइन
ताराले जुनलाई जात साेधेकाे
सागरले महासागरलाई गाेत्र साेधेकाे
खाेलाले नदीलाई घर साेधेकाे
हिमालले पहाडलाई थर साेधेकाे
यी सदियाैंदेखि मिलेका छन्
अाफ्नै संसारमा भुलेका छन् ,
रमाइरहेका छन् , बाँचिरहेका छन्
शान्त निश्कलंक स्वच्छ छन्
एकले अर्कोलाई अजम्बरी साथ दिएका  छन् ।

मलाई त्यो देख्दा डाहा लाग्छ !

अक्सर जुनेली रातमा जुनलाई प्रश्न गर्छु
साउने भेलमा उर्लने नदिकाे उछाललाई भन्छु
बसन्तकाे पहिलो बारमा पर्वतलाई बाेलाउँछु
किन मेरो देशमा यस्तो
किन हाम्रा मान्छे यस्ता
मान्छेले मान्छेलाई किन साेध्छन्
अफ्ट्यारो प्रश्न
सुन्दा झसङ्ग हुने , थाहा पाउँदा तर्सिने
नमिल्ने नचल्ने नमान्ने नहुने नदिने ।

मैले कहिल्यै थाहा पाइन
राजु शिव कुलेन्द्र शान्ति श्रीलाई
लाखौंलाख कान अाँखाले जात साेधेकाे
मैले कहिल्यै देखिने
साेमपालकाे १४१ रफ्तारकाे थर साेधेकाे
पुजनकाे पासमा पृति रिसाएको
मैले कहिल्यै बुझिन
किन लाखौंलाख भाेटकाे जात साेधिन्न
किन हजारकाे नाेटमा मान्छे तर्सिन्न ?

कस्तो अचम्मको चलन !

किन अस्पतालका शैयामा रगतको जात साेधिन्न
किन लडाइँको मैदानमा साथकाे गाेत्र साेधिन्न
कस्तो अचम्मकाे प्रश्न
गार्‍हो अफ्ट्यारोमा भुल्ने , नचाहिने
घरको अाँगनमा सम्झिसम्झि साेध्ने
सुन्दा तर्सिने झस्किने रिसाउने खुत्रुक्कै हुने
अरु हाेइनन्न हाम्रै मान्छे खिस्याँउने जिस्काँउने
पल पलमा रुवाउने । 

2 thoughts on “यस्तै छ यहाँको चलन (कविता )”

Mia (Area 52)’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ