खगेन्द्र सुनारविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो, आदेशको तयारी

काठमाडौं । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ । आज (मंगलबार) उक्त मुद्दा न्याायधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भएको हो ।

जाजरकोटका नवराज विकसहित छ जनाको हत्याको सन्दर्भमा उच्च अदालत सुर्खेतको फैसलालाई लिएर सुनारले केही दिनअघि काठमाडौंको माइतिघरमा धर्ना दिएका थिए । उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीले जन्मकैदको सजायलाई सदर गरी जातीय छुवाछुत कसुरमा उन्मुक्ति दिएको भन्दै उनीहरुले विरोध जनाएका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले ‘न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीलाई कारबाही गर’ लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए । अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ