खगेन्द्र सुनारविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो, आदेशको तयारी

काठमाडौं । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ । आज (मंगलबार) उक्त मुद्दा न्याायधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भएको हो ।

जाजरकोटका नवराज विकसहित छ जनाको हत्याको सन्दर्भमा उच्च अदालत सुर्खेतको फैसलालाई लिएर सुनारले केही दिनअघि काठमाडौंको माइतिघरमा धर्ना दिएका थिए । उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीले जन्मकैदको सजायलाई सदर गरी जातीय छुवाछुत कसुरमा उन्मुक्ति दिएको भन्दै उनीहरुले विरोध जनाएका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले ‘न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीलाई कारबाही गर’ लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए । अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन् ।

5 thoughts on “खगेन्द्र सुनारविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो, आदेशको तयारी”

Alex Debelov talks about’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ