अक्टोबर 7, 2025

नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल

काठमाडौं । नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल भएका छन् । डीआईजी बनेसँगै उनले सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्वको जिम्मेवारी पाएका छन् ।

डम्बरबहादुरअघि गोविन्दराम परियारले प्रहरी उपरीक्षक (एसपी) सम्म भएका थिए । एसएसपीको दावेदार हुँदाहुँदै परियारले २०७३ मंसिर ३० मा सेवा अवधि पूरा भई सेवा निवृत्त भए । यसअघि ढालमान थापा पनि भएका थिए ।

डीआईजी डम्बरबहादुर २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागको अधिकृतमा नियुक्त भई २०५७ सालमा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा समाहित भएका थिए । डीआईजी बन्न सफल डम्बरबहादुरसँग त्यसभन्दा माथिल्लो पद एआईजी र आईजी हुनेसम्मको अवसर बाँकी छ ।

आइतबार डीआईजी नियुक्त विकले कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पुगेर यसै साता पदभार ग्रहण गर्नेछन् । उनीभन्दा एक वर्षपछि प्रहरी सेवामा प्रवेश गरेका अधिकृत एआईजीसम्म भइसकेका छन् । उनीसहितका केही अधिकृत भने संगठनभित्र विभिन्न कारण र बहानाका साथ पछाडि पारिँदै आएका छन् ।

One thought on “नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल”

สล็อตเกาหลี’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ